बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ३ जनामा देखियो कोरोना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २६ गते, सोमबार १६:०९

बुटवल-रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सोमबार पहिलो पटक कोरोना संक्रमित फेला परेका छन् ।
कोरोना संक्रमण पुष्टि भएकाहरु सवै भारतको मुम्वईबाट आएका हुन ।जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले तिलोत्तमा वडा नं. ४, ८ र ९ का १/१ जना गरि ३ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

सक्रमित पुष्टि भएकाहरु वडा नं. ९ का ३५ वर्षिय र वडा नं. ८ का ६२ वर्षका पुरुष र वडा नं. ४ की ४४ वर्षकी महिला रहेको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।सुनौली स्थीत क्वारेन्टिनमा बसेका उनिहरुलाई तिलोत्तमा नगरपालिकाले गत जेठ १२ र १३ गते उद्धार गरि क्वारेन्टिनमा राखेको थियो ।

नगरपालिकाका प्रमुख घिमिरेका अनुसार क्वारेन्टिनमा राखिएकाहरुको आरडिटी परिक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि उनिहरुलाई शंकरनगर स्वास्थ्य चौकिमा बनाईएको आईसोलेसनमा राखिएको थियो । ति मध्ये ११ जनाको पिसिआर नेगेटिभ आईपनि तिन जनाको रिपोर्ट पोजेटिभ आएको घिमिरेले जानकारी दिए । उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र शंकरनगर स्वास्थ्य चौकीमा निर्माण गरिएको आईसोलेसनमा उपचाररत रहेको घिमिरेले बताए ।-samayachakra

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु