प्रतिपक्ष निरीह कि चतुर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ २९ गते, बिहीबार २२:०३

नेपाल कै ईतिहासकाे पुरानाे तथा प्रजातान्त्रिक ईतिहास बाेकेकाे पार्टी हाे , नेपाली काङ्ग्रेस । नेपालका बिबिध कालखण्डहरुमा भएका परिवर्तनका आन्दोलनहरुकाे नेतृत्व गरि राजनैतिक परिवर्तनहरुलाइ स्थापित गर्नेकाम यसकै नेतृत्वमा भएकाे हाे । राणा शासन काे अन्त्य , पन्चायतकाे अन्त्य, राजतन्त्र काे अन्त्य लगाएतका आन्दोलनमा यसले नै नेतृत्व गरेकाे देखिन्छ ।

आन्दाेलनबाटै पुराना शासन ब्यवस्थाहरुकाे अन्त्य गरि नयाँ शासनप्रणालि ल्याउने कुरालाई जसरि कुशलताका साथ नेतृत्व गर्नसक्याे त्यसैगरि देशकाे विकास तथा नागरिकहरुकाे जिबनशैलि परिवर्तन गर्ने कुराकाे नेतृत्व गर्न नसके कै कारण देश आज पनि याे अबस्थामा गुज्रिरहन बिवश छ ।  आफ्नै नेतृत्वमा नया शासन प्रणालिहरुकाे स्थापना गर्न सक्ने पार्टीले ,परिवर्तन पश्चात् देश बिकासमा उदासिनता देखाउनु ले गर्दा नै आज तपाइहामिहरुले याे नियति भाेग्नु परेकाे कुरामा कसैकाे दुइमत छैन । लामाे समयसम्म देशकाे शासनसत्ताकाे नेतृत्व गरेकाे पार्टीले देशबिकासकाे लागि जे जति गर्नुपर्थ्याे ,त्यसकाे केही अङ्श पनि गर्न सकेन भन्ने कुरा घाम जस्तै छर्लंग छ, जुन यथार्थता कसैले छेक्न खाजेनि छेक्न सक्दैन । देशकाे नेतृत्व गरिरहदा हामि हाम्राे भन्दा पनि म र मेराे भन्ने मानसिकताबाट नेतृत्वपङ्ति ग्रसित हुदा ,अवसर पाउदा पनि देश र जनताकाे लागि केही गर्न सकेन ।

सधै र सबै ठाउमा पार्टी भित्रै राम्रो भन्दा नि हाम्रो  मान्छे चाहिन्छ भन्ने मानसिकताबाट ग्रसित पार्टी नेतृत्वले ,असल र गर्न सक्नेहरुलाइ पार्टी भित्रै दबायर राख्याे । राजनैतिक इतिहासमा प्रजातन्त्र काे लामाे र राम्रो इतिहास स्थापित गर्न सकेपनि ,आफू आफैमा कहिल्यै प्रजातान्त्रिक बन्न सकेन । सिध्दान्त प्रजातान्त्रिक भएपनि व्याबहारमा कहिल्यै प्रजातान्त्रिक हुन सकेन। पार्टीको हरेक सम्यन्त्रहरुमा राम्रो लाई भन्दा हाम्रो लाई काखि च्याप्ने प्रबृति कै कारण, पार्टीका भातृ तथा भगेनि सङ्गठनहरुकाे समयमै प्रजातान्त्रिक बिधिद्वारा अधिबेशन गरि नेतृत्व छनाेट गर्नुकाेसाटाे टिकेप्रथाबाटै छनाेट गरिनु ,पार्टी भित्रका विभिन्न बिभागहरु बिधान बमोजिम समयमै गठन नगर्नु, राम्रो र देशकै नेतृत्व गर्नसक्ने युवानेताहरुलाइ सधै चाैरासि आसपासका नेताहरुले पाखालगाइरहनु ।

यी र यस्तै बिशेषताहरु बिच अगाडि बढिरहेकाे पार्टी लाई के आत्मादेखिनै प्रजातान्त्रिक पार्टी हाे भनेर स्विकार्न सकिएला त ? यस्तै आचरण बाेकेकाे पार्टी ले आगामि दिनहरुमा प्रजातान्त्रिक मान्यताहरुलाई देशमा बचाइ राख्न सक्ला त ? यस्तै पार्टी बाट देश र जनताकाे बिकाशकाे नेतृत्वकाे अपेक्षा गर्न सकिएला त? यी र यस्तै यावत प्रश्नहरकाे जवाफ दिन सक्नुपर्दछ र आफुले आफुलाइ सुधारेर जनतासामु गएर आत्मआलाेचना गर्न ढिला गर्नुहुदैन काङ्ग्रेस ले हुन त याे अबधिमा कम्युनिस्टहरुले पनि लामाे समय शासन गरे त्याे अबधिहरुमा उनिहरुले के गरे के गरेनन भन्ने बहस अर्काे फाेरममा गराैला । लामाे इतिहास बाेकेकाे पार्टीले के गर्याे र के गर्न सकेन भन्ने कुराकाे समीक्षा नै महत्त्वपूर्ण हाेला । काङ्ग्रेसप्रति जनताहरुका यी र यस्तै गुनासाेहरुकै कारण पहिलाे सम्बिधान सभाकाे निर्वाचनमा काङ्ग्रेसले सरकारकाे नेतृत्व गर्ने अबसर गुमानुपर्याे , बिबिध कारणले पहिलाे सम्बिधान सभाले आफ्नाे कार्यभार पूरा गर्न नसकेकाे कारण ,दाेस्राे सम्बिधान सभाकाे निर्वाचन हुँदै गर्दा ,काङ्ग्रेस बिना परिवर्तन स्थापित हुननसक्ने कुरा जनताले अनुभव गरेर काङ्ग्रेसलाई पहिलाे पार्टी बनाईदिए । यसले राजनैतिक परिवर्तनहरुकाे स्थायित्व काङ्ग्रेस बाहेक अरुले गर्न सक्दैनन भन्ने कुरामा काङ्ग्रेसले जनताकाे मन जितेकाे रहेछ भन्ने यथार्थता ,कटुसत्य स्थापित बनाइदियाेे र काङ्ग्रेस कै नेतृत्वमा याे प्रक्रियामा सम्पन्न भइ देशमा राजनैनिक स्थायित्व कायम भयाे ।

राजनैकि स्थायित्व कायम गर्न र परिवर्तन स्थापित गर्न सक्छ भन्ने कुरामा जनताकाे मन जितेनि ,बिकाश निर्माण र सुखि र समृद्धि मा काङ्ग्रेस ले काम गर्न सक्दैन भन्ने करामा बिस्वस्थ भएकै कारण ,गएकाे निर्वाचनमा काङ्ग्रेसले जनताकाे समर्थन गुमायाे र प्रतिपक्षमा बस्न बिवश भयाे । याे उसकाे रहर हाेईन बाध्यता थियाे । सधै सरकारकाे वरिपरि रहेकाे पार्टी एक्कासि सरकारबाहिर रहेका पीडा ,शुरुशुरुमा काङ्ग्रेस मा स्पष्ट देखिन्थ्यो ।अहिलेकाे प्रतिपक्ष शान्त र शालिन छ , सरकारका एकाध बाहेक सबैजसाे सरकारका कामहरुमा बिराेध गर्दैन । सरकाले चाहेकाे बेला भेट्न ,प्रधानमन्त्री निवास पुग्छ ।सरकारले गरेका नराम्रा कामहरुकाे बिराेध गर्ने ,बिपक्षी काे धर्म भएनि  याे धर्म निर्वाह गरिरहेकाे छैन । बिगतमा सरकारका गतिबिधिहरुकाे बिराेधमा सदन ठप्प हुन्थे, सडकहरु तात्थे, आन्दालन चर्काईन्थ्याे, टायर बालिन्थ्याे तर अहिले याे केही देखिदैन नत सदनमा नत सडकमा ।

सरकारले गरेका १/२ दिर्घकालिन असरपुग्ने निर्णयहरु बाहेक ,अरु सरकारका राम्रा नराम्रा सबै कामहरुकाे माैन समर्थन गरिरहेकाेछ अहिलेकाे प्रतिपक्ष । त्यसैले प्रतिपक्ष निरीह र कमजाेर जस्तो देखिएकाे छ । प्रतिपक्षनै निरीह जस्ताे देखिएपछि ,सरकारकाे पार्टी भित्रै प्रतिपक्षकाे स्थापना गर्न बाध्य भएका छन ,नेकपाका केही नेताहरु । फुल केपि पावरवाला चश्मा लगाएका बाहेक चेन्जेवल चश्मा लगाएका नेकपाका नेताकार्यकर्ताहरु अहिले सरकारकाे पार्टि भित्रै प्रतिपक्ष स्थापना गरि ,सरकारका नराम्रा गतिबिधिहरुकाे बिराेध गरिरहेका छन । यी यावत् गतिबिधिहरु हेर्दा अहिले धेरैकाे बुझाइछ कि प्रतिपक्ष निरीह र निकम्मा छ। यहाँ सम्मकि ,सम्बैधानिक परिसदमा रहेकाे बिपक्षी दलकाे अनिवार्य सहमितकाे कानुनि प्रावधान हटाउने निर्णयमा पुगेका प्रधानमन्त्री लाई पुरै मुस्कानका साथ भेट्न प्रतिपक्षि दलका नेता जानुलाइ अझ निरीह भनिएकाे छ । साे बुझाइमा याे विश्लेषण ठिक हाेला । तर अहिलेका प्रतिपक्षिदलका गतिबिधिहरुकाे सूक्ष्म अध्ययन गर्ने हाे भने अहिलेकाे प्रतिपक्ष निरीह हाेइन चतुर जस्ताे देखिन्छ ।

सरकारका गलत गतिविधिहरुलाइ खबरदरि गराइ ,ती गतिबिधिहरु सच्याउन बाध्य बनाउनु पर्ने बिपक्षिले सरकारका हेरक किसिमका राम्रा नराम्रा सबै गतिबिहरुकाे माैन समर्थन गरिदिदा सरकार ब्रेक बिनाकाे गाडि जस्तै भएकाे छ, स्टेरिङ समाएका मान्छे र आसेपासेहरुलाइ खबरदारि गर्ने ,राेक्ने ,सच्याउने र सहि ट्याकमा ल्याउने ब्रेकनै नभएपछि । ब्रेक नभएकाे गाडि जस्तै गरि अहिलेकाे सरकार चलिरहेकाे छ र दिनप्रतिदिन जनतासामु अलाेकप्रिय बन्दै गईरहेकाे छ। यसरी सरकारलाइ ब्रेक नलगाइ ,अनियन्त्रित हिडेकाे टुलुटुलु हेरेर बसेकाे प्रतिपक्ष झट्ट हेर्दा निरीह देखिए पनि ,याे चाहिँ उसकाे चतुरता हाे । उसले यसैगरि सरकारले राम्रानराम्रा का गर्दै जाआे स र बिस्तारै अलाेकप्रिय बन्दै जाअाेस भनेरै ,निरीह जस्ताे देखिएकाे हुनसक्छ । प्रतिपक्षकाे याे चातुर्यताले बिपक्षी पार्टिलाइ राजनैति फाईदा पुगेपनि ,समग्र देश र जनताकाे लागि भने घातक साबित  हुनेछ ।

याे सरकार जति अलाेकप्रिय हुँदै जान्छ ,त्यसकाे राजनैतिक लाभ प्रतिपक्षी ले नै लिन्छ । यहि लाभ लिने दाउमा देखिन्छ ,प्रतिपक्षी । शसक्त प्रतिपक्षी बिनाकाे सरकार भनेकाे ,लगामबिनाकेा घाेडा जस्तै रहेछ भन्ने कुरा तपाइहामिहरुले अनुभव गरिरहेका छाै ।  तर याे कुरा स्वयम् सरकरले बुझेकाे छैन ,वा उसकाे पार्टीले बुझाउन सकेकाे छैन । नेकपा भित्रकै प्रतिपक्ष याे बुझाउने प्रयासमा लागेकाे देखिएपनि , प्रधानमन्त्री सामु निकै निरीह देखिन्छ ,।मिडियामा हल्ला खल्ला मच्याएपनि , गरुणकाे छाया सर्पमा पर्दाकाे जस्ताे अबस्था देखिन्छ नेकपा भित्र रहेकाे प्रतिपक्षमा रहेका नेताहरुमा  ,प्रधानमन्त्री केपि वलिकाे अगाडि पर्दा। यदि पार्टी भित्रकै प्रतिपक्षले लगाम लगाउन सकेन भने ,याे बिनालगाकाे घाेडा कहिले ,कहाँ पुग्ने हाे कसैलाई केही ठेगान छैन ।

प्रतिपक्षले सरकाररुपि घाेडाकाे लगाम छाेड्दै गर्दा, सरकारले गरिरहेका र अझै गर्नसक्ने जनबिराेधि गतिबिधिहरु बढ्दैजाने छन ,सरकार र नेकपा क्रमशः अलाेकप्रिय हुँदै जाने नै छ , त्यसकाे बिकल्पमा आगामि निर्वाचनमा काङ्ग्रेस लाई नै राेज्न जनता बाध्य हुनेछन भन्ने फिलाेसाेपियुक्त चातुर्यताले ,काङ्ग्रेसलाई राजनितिक रुपमा फाईदा त हाेला । तर जनतामा भने याे शासन प्रणालि प्रतिनै अबिस्वास बढ्न सक्छ भन्ने हेक्का किन नराखेका प्रतिपक्षले । याे शासन प्रणालि प्रती अबिस्वास बढ्दै गर्दा र याे शासन प्रणाली नै फेल हुँदै गर्दा काङ्ग्रेसले कहाँनीर आफुलाइ देख्नसक्ला त ? यसकाे बिश्लेषण गर्नु पर्दैन हाेला त ? काङ्ग्रेसले ।

यसरी सरकारकाे दम्भता र सबै कुरा पेलेरै जाने प्रवृत्ति हावि हुदैजादा सरकार कुनैपनि बेला दुर्घटनामा पर्नसक्दछ । याे सरकार दुर्घटनामा पर्दैगर्दा ,बिपक्षीले राजनैतिक फाईदा अबश्य नै पाउने छ । यहि दिनकाे प्रतिक्षामा छ, प्रतिपक्ष र त बेलगाम छाडिरहेकाे छ सरकारलाई । के याे प्रतिपक्षिकाे निरिहता नै हाला  त ? के यसलाइ प्रतिपक्षकाे चतुर्यता भन्न नमिल्ला त ? हामी प्रतिपक्षले सदन बन्द गराेस , नेपाल बन्द गराेस, चक्का जाम गराेस , टायर बालाेस ,पुत्ला जलाअाेस भन्ने चाहेका छैनाै ।तर रचनात्मक बिराेध गराेस , सरकाले गरेका जनबिराेधि काममा ब्रेक लगाअाेस र सच्याअाेस , सरकारलाइ सधै साेचबिचार गरेर अघि बढ्न बाध्य पाराेस भन्ने मात्र चाहना गरेकाे हाे । राजनैति लाभ लिन जसरि प्रतिपक्षि निरीहजस्ताे दखिएकाे छ यसले ,नेकपा मात्र नभएर सिङ्गो मुलुकलाइ नै ठुलाे क्षति पुग्नेेेछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु