गुल्मीमा दुईजना कोरोना सँक्रमित थपिएका छन। स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनको क्रममा गुल्मीका दुइजनामा कोरोना सँक्रमण पुष्टि भएको जानकारी गराएको थियो ।
सँक्रमित दुइजना रुरुक्षेत्र गाउपालिका वडा नम्बर -५ का रहेको रुरुक्षेत्र गाउपालिकाले जानकारी दिएको छ । उनिहरु २८ र ३५ बर्षका हुन । दुवैजना जेठ ९ गते भारतबाट आएर रुरुक्षेत्र गाउपालिका वडा नम्बर ५ को क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनको अवधि पूरा भएपछी २२ गते आरडिटी परिक्षण गर्दा उनिहरुको रिपोर्ट पोजेटिभ देखिएको थियो ।
आरडिटी पोजेटिभ देखिएपछी पिसिआर परिक्षणको लागि स्वाब सँकलन गरेर भैरहवा पठाइएको थियो । जेठ ३१ गते शनिवार दुइजनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । उनिहरुलाई रुरुक्षेत्र गाउपालिकाकै आइशोलेसन कक्षमा राखेर उपचार गरिने बताइएको छ ।