भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • गुल्मीमा थप एकजना कोरोना सँक्रमितको मृत्यु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आईतवार १०:२९

    कमल राज पुरी – गुल्मीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको सँख्या गुल्मीमा २ पुगेको छ भने आजसम्म देशभर १८ जनाले कोरोना बाट ज्यान गुमाएका छन ।

    जिल्लाको धुर्कोट गाउँपालिका– ४ जैसिथोकका ३६ वर्षीय पुरुषको शनिवार राती कोरोना संक्रमणबाट मृत्यु भएको बताइएको छ । मृतक दुइ वर्ष अगाडि देखि नै आन्द्राको क्यान्सर बाट पीडित रहेका थिए । केहिदिन अगाडी उनलाइ रगतको कमी हुदा उपचारमा सँलग्न स्वार्थ्यकर्मीले नै रगत दिएका थिए ।उनको अवस्था जटिल बन्दै जाँदा वेडमा बस्न नसकेर भुइमा नै राखेर उपचार गरिएको थियो ।छिमेकी मुलुक भारतबाट आएर धुर्कोट गाउपालिकाको क्वारेन्टिनमा बस्दै आएका उनलाई जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

    कोरोना सँक्रमण पुष्टि भएपछी रेसुङ्गा नगरपालिका वडा नम्बर -९ उपल्लो तम्घासको आइशोलेसन कक्षमा राखेर उपचार गरिदै आएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ कार्यालय गुल्मीले जानकारी दिएको छ । शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताएका छन ।

    गुल्मीका पहिलो सँक्रमित मदाने गाउपालिकाका एक शिक्षकको उपचारको क्रममा जेठ ८ गते क्रिमसन अस्पताल बुटवलमा निधन भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु