काठमाडौ, १ असार – आज कोरोना भाइरसका ४ सय ५१ जना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या ६ हजार २ सय ११ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएको संक्रमित मध्ये ३५ महिला र ४१६ जना पुरुष रहेको जानकारी दिएका छन् । कुल संक्रमितमध्ये ५ हजार ७ सय ४० पुरुष र ४ सय ७१ महिला छन् । कुल ७३ जिल्लामा संक्रमित पत्ता लागेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।