• लघुकथा- मलामी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार ११:३७
    गोपाल ढकाल , मनोविद- समाजसेवी भनेर चिनिएका राम बहादुर शाही क‍ोरोनाको प्रकोपपछि भने निस्कृय जस्ता नै देखिए।
    मलाई जिज्ञासा भो सोधे – तपाईं जस्तो सुकै प्रतिकुल अबस्थामा पनि सधै अरुलाई सहयोग गर्न अधि सर्ने मान्छे !
    ” मेरो प्रश्न पूरा नहुदै बिचैमा उनले जवाफ फर्काए – समाजसेवा गर्न अब त जागर नै लाग्न छाड्यो ”
    अहिलेको अबस्थामा त तपाईं जस्तो ब्यक्तिको झन ठुलो खाचो छ नि ! किन मन मर्यो यहाँको ? मलाई जिज्ञासा पलायो !
    चर्चित भईयो भने मरेपछि पनि धेरै मलामी पाईन्छ भनेर समाजसेवामा लागियो !
    अहिले कोरोनाले गर्दा मान्छे मरेपछि आफन्तले मुख त हेर्न नपाउने अबस्था आयो, मलामीको त के कुरा गर्नु !
    त्यसै भएर समाजसेवामा पनि मन मरेर गयो ”
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु