• कोरोना कहर कि जहर?

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार १०:५४

    लक्ष्मी राना- अचम्मका छन् बिपत्तिका भोगाइ सोचाइ भन्दा बाहिरको भोगाइ थियो जनाआन्दोलन, भुकम्म, नाकाबन्दी, अनि कोरोना कहर सोच्न बाध्य भइन्छ यस्ता जोखिमका बिपत्तिहरु कहर कि जहर? जीवन त तहस नहस नै छ ! हिजोको बिपत्ति भन्दा आजको बढी या त उस्तै दुखदायी? आखिर मर्न त गरिब नै मरे, बेसाहार त गरिब निमुखा नै भए नि होइन?

    चुनौतीपूर्ण भइदियो आफ्नै जीवन आफैलाई सरल अनि सहज त अह! कतै देखिन र कतै भोगिएन । लड्न त खुबै चाहिएको हो जिन्दगी सङ्ग अनि सफलता पाउने सपना पनि मीठो नै देखेको हो तर आज लाग्दैछ अब त्यो देखेका सपनाका दिनहरु र लड्न चाहे जस्तै दिनहरु फर्केलान् त ? अझ भनम त्यो न्युरोडचोक र सुन्धराको सडक पेटिमा बसेर माग्नेहरुको जीवन शैली फर्केलान् त? फेरि पनि त्यही बसेर माग्न सक्ने दिन फर्केलान् त? यसरी गुम्सिएर बसेको मनभाबलाई कता पोखु भन्ने लाग्छ ।

    मान्छेहरु भन्छन् ” त धेरै सोच्छस् ” नसोचु पनि कसरी समय र परिस्थिति जो त्यस्तै छ, डर या शोक? धेरै सोच्ने जो बनाएको छ परिस्थितिले बन्द घर भित्र बसेर । जनआन्दोलनमा एउटै डर हुन्थ्यो ल आज कस्को घरको छोरा छोरी मरेको खबर आउने हो, कसको घर उजाडिने हो? अनि भुकम्प आयो कति खेर पुरिने हो, कति खेर बेपत्ता बनाउने हो? अनि फेरि नाकाबन्दी आयो कति खेर भोकमरी आउने हो, कति खेर नाङ्गिने हो? त्यस्तै गरि फेरि कोरोना आयो अनि डर बढ्यो कति खेर सङ्क्रमित हुने हो, कति खेर बिना मलामी घाट जानू पर्ने हो, कति खेर बुइ चढेर कोरोना घर भित्र छिर्ने हो? यस्ता सोचाइ भोगाइले मान्छेको जीवन तहस नहस पारेको छ । डर छ भोक छ अनि शोकचिन्ता छ कति खेर के बिपत्ति हुने पत्तै नहुने ।

    समय बद्लिए या त जीवन खै बुझिएन ! आज लाग्दैछ सबै सकिए बाकी भएको अलि अलि खुसिका पोकाहरुको पनि लोभ र साचेको खुसीहरुको ढुकुटिको पनि पटक्कै माया र लोभ छैन । बस एउटै आशा र भरोसामा भन्न मन लाग्छ ” बाच्नु छ अझै” लोभ खुसिको भन्दा जिबनको खुब माया छ, धानी नसक्नु प्रेम छ जिन्दगीको । लामो समय भएछ यसरी जीवनलाई माया गरेर घर भित्र लुकाएर राखेको पनि यस्तो लाग्छ कसैले देखि हाले भने सुनपानी छर्के झैं कोरोना नै छर्केलान् भन्ने शंका बढ्छ, खुब जोगाएर राखिएको जीवन कतै भागीहाल्छ कि भन्ने डर । हिजोको दिनहरुमा कोहि आफ्ना मरे भने घाटमा धानी नसक्नुको मलामी वरिपरि राखेर बिदा भइन्थ्यो, घर भरी समाबेदना र भेटघाट गर्नेहरुको लर्को लाग्थ्यो तर आज लास एक्लै २/३ जना सुरक्षा कर्मीले एउटा खाल्टोमा लगेर हुर्‍याइ दिदा मन नै चसक्क दुख्ने आखिर लोभ गर्नु पर्ने त जीवन रहेछ बाकि त सबै लोभपाप ।

    बिपत्तिको कहर आखिर जीवन सिध्याउने जहर रहेछ जस्ले सखाप नै पार्ने । गरिबको जीवन भोक प्यासलाइ च्यापेर जीवन बचाउने रहर गरेको देख्दा लाग्छ बाच्ने रहर त ती सडकमा बसेर माग्ने मान्छेहरुको पनि छ नि ! भोक भन्दा रोग ठूलो रहेछ भन्दै कुन चिसो ओडारमा छन्, जीवन बचाउनै को लागि अनि प्यार जीवन सङ्गको भएर नै लुकाएको छ भोक सङ्ग साहारा आफै जोडिएर । सरकारले हरेक दिन कोरोना बढेको समचार सुनाउछन् घटेको सुनिदैन यति मरे उति बाचे समाजिक सन्जाल भरिन्छ तर यो भन्दैन “जनता भोको पेट नबनाउ” यहाँ भोको पेटहरु टन्नै छन्, कोरोनाको कहरले लुकाएर राखेको जिन्दगी मीठो छ या तितो छ त्यो भोग्नुपरेकालाई थाहा होला कहर र जहर फिजाउनेलाई पक्कै थाहा नहोला त्यो मीठो जिन्दगी बिताउन चाहाने रहरको ।

    आलिसन सुख सैल अनि रमाइलो अह पटक्कै छैन छ त जिन्दगी बचाउनु ! सरकारको बन्दाबन्दी अनि निषेधाज्ञाको आदेशले जिन्दगी सङ्गको मोह बढेको छ चाहे आलिसनवालाको होस् त चाहे सडकमा माग्न बस्नेहरुको होस् उस्तै प्रेम छ जिबनको । हजारौं भोको पेटहरु होलान्, भोकै ननिदाएका रातहरु होलान् तर पनि जिउने रहर तिनलाई पनि छ जसको खाना र बासको ठेगान छैन । यसरी लुकाएर राखेको जीवनको प्रेम आत्माले धानी नसक्नु छ, यो बिपतमा ज्यान बचाउने रहर बोकेर भोक भोकै लडिरहेको कथा कयौं होला यो शहरमा, उस्तै पीडा होला अभाबको बस बाच्नु छ ! यसरी सोच्ने गर्छु म यो बिपत कोरोनाको जहर भन्दा कडा अनि जीवन बचाउने रहर त्यो भन्दा खतरनाक अब बुझौं लोभ होइन प्रेम ठूलो छ जिन्दगी सङ्ग ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु