• कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितकाे मृत्यु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार ०९:२०

    बुटवल- बुटवलकाे कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितकाे मृत्यु भएको छ । रूपन्देही ओमसतिया-५ का ४० वर्षीय पुरुषको गएराती मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । मृतक मधुमेहका समेत बिरामी थिए ।

    उनकाे भेन्टिलेटरमा राखी उपचार भइरहेकाे र श्वासप्रश्वासमा समस्या भएपछि राति साढे १२ बजे मृत्यु भएको उनले जानकारी दिए । ती पुरूषकाे गत भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा आई पीसीआर परीक्षण गर्दा पोजिटिभ भेटिएकाे थियाे । उनलाई १६ गते कोरोना अस्पतालमा लगेपपछि भेन्टिलेटरमा राखी उपचार गरिएको थापाले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु