• ड्रागन फल सबैको रोजाइ र फाईदा जनक पनी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार २२:२०

    अहिले नेपालमा एउटा फलको निकै चर्चा छ । कसैले बगैचामा फलाएर त कसैले आफ्नै कौसीको गमलामा फलाएर ड्रागन फलको प्रचार गरीरहेका छन । नेपालका लागि नौलो यो फलको बाहिर जती आकर्शक छ त्यो भन्दा ज्यादा झन भित्र देख्न सकिन्छ । खानामा अती नै मिठो नभएता पनि स्वास्थ्य सम्बन्धी अत्यधिक उपयोगी भनिएकोकोले यो फलको चर्चा चुलिएको हो । भिआपीहरुले मात्र खाने इन्पोटेड फल भनेर चिनिदै आएकोमा पछील्लो समय सबैको पहुचमा पुगेको छ ड्रागन फल । गमलामा रोप्दा पनि ५ देखी १० गेडा दाना खाना पाइने भए पछी राजधानीका धेरै घरवालाहरुले ड्रागन फल पलाउन थालेका हुन ।

    ड्रागन फल नेपालमा भित्रिएको त्यति लामो समय भएको छैन । तर, यसको लोकप्रियता भने छोटो समयमै चुलिएको छ । यो फल देख्दामा जति आकर्षक हुन्छ त्यत्तिकै स्वादिष्ट पनि । यसबाट प्राप्त हुने फाइदाले महंगो मूल्यलाई बिर्साइदिन्छ ।


    दक्षिण अमेरिकाको मेक्सिकोबाट उत्पत्ति भएको यो फल सिँउडी प्रजातिमा पर्छ । यसको बैज्ञानिक नाम ‘हाइलोसेरुस अन्डटुस’ हो । यसलाई पितया, मुन लभर्स, रात कि रानी, रात कि घन्टी, क्यान्डेरेला लगायतको नामले पनि चिन्ने गरिन्छ ।खेती गरेका दुई वर्षमा फल लाग्न शुरु गर्छ । यो फल नेपाली बजारमा प्रतिकिलो एक हजारदेखी १२ सय रुपैयाँसम्ममा विक्छ । तर, मागअनुसार यसको आपूर्ती हुन सकेको छैन ।

    ड्रागन फलको खेती गर्न त्यति गाह्रो छैन । तराईदेखि उच्च पहाडी भेगमा पनि यसको खेती गर्न सकिन्छ । समुन्द्री सतहदेखि करिव तीन हजार मिटसम्मको उचाईमा ड्रागन उत्पादन सम्भव छ । सुक्खा ठाउँबाट पनि यसको फल प्राप्त गर्न सकिन्छ ।
    ड्रागनको बोटले थुप्रै वर्षसम्म उत्पादन दिने गर्छ । एउटा फलको तौल १ सय ५० ग्रामदेखि १ किलोसम्मको हुन्छ । काठमाडौं, पोखरा चितवनलगायतका नर्सरीमा यसको विरुवा उपलब्ध छ । घरको छत तथा करेसावारीमा समेत बिरुवा रोप्न सकिन्छ । फूल फुलेको ४५ दिनमा यसको फल तयार हुन्छ । जेठदेखि असोज-कात्तिकसम्म फुल फुलिरहन्छ । यसले राम्रो उत्पादन दिने भएकाले खेती गरेर पनि मनग्य आम्दानी गर्न सकिन्छ ।

    के के बन्छ यो फलबाट ?

    – यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी डि्रंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ ।
    – यसबाट केक पनि तयार पार्न सकिन्छ ।
    – गर्मी मौसममा लस्सी बनाएर खान सकिन्छ ।
    – ड्रगनको मुन्टाको तरकारी निकै स्वादिष्ट हुन्छ ।
    – यो फल सलादको रुपमा पनि प्रयोग हुन्छ ।
    – बिभिन्न स्विट परीकारमा निकै उपयोगी हुन्छ ।
    – पाकेको ड्रागन फल त्यतिकै खादा पनि मिठो हुन्छ र स्वास्थ्य बर्दक पनि छ ।
    स्वाश्थ्य सम्बन्धी फाईदै फाईदा
    – छालासम्बन्धि विभिन्न रोग निको पार्नका लागि ड्रागन फलले सहयोगी भूमिका निर्वाह गर्छ ।
    – यसले कपाललाई पनि फाइदा पुर्याउँछ ।
    – यो फल गर्भवती महिलाको लागि अत्यन्तै लाभदायक हुन्छ ।
    – कोलस्ट्रोल, उच्च रक्तचाप नियन्त्रणमा पनि यसले भूमिका निर्वाह गर्छ ।
    – यसले कब्जियतको समस्यालाई समेत निको पार्छ ।
    – क्यान्सरको सम्भावनाबाट टाढा रहनका लागि पनि यो फल सेवन गर्दा हुन्छ ।
    – यस फलले तौललाई सन्तुलनमा राख्ने काम पनि गर्छ ।
    – मजबुत हाड र दाँतको लागि ड्रागनको फल उपयोगी हुन्छ ।
    – यसले शरीरमा सेल उत्पादनमा पनि मद्दत पुर्याउँछ ।
    – बढ्दो उमेरका बालबालिकाका लागि यो फल निकै उपयोगी हुन्छ ।
    – यसले शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण टेवा पुर्याउँछ ।
    – आँखाको दृष्टिका लागि पनि यो उपयोगी फल हो ।
    – इम्युनिटी पावर बढाउनका लागि पनि उपयोगी फल हो ।
    – नर्भस नेस हुने समस्या छ भने पनि यो फल नियमित सेबन गर्दा फाईदा जनक छ ।
    – यो फलमा उच्च फाइबर हुने हुँदा कार्डियोभास्कुलर डिजिज नस्ट गर्न पनि राम्रो फल भनी लिड्स बिस्वबिद्यालयको अध्ययनले प्रमाणित गरेको छ ।
    – मुटु सम्बन्धी जिबाणु सिएचडी नियन्त्रणका लागि पनि राम्रो फल हो ड्रागन ।
    – एन्टीएक्सिडेन्टका लागि धनी फल मानिएको यो ड्रागनले क्षेती पुगेका शरीरका तन्तुहरुलाई सन्तुलन गर्ने ठुलो भूमिका खेलेको हुन्छ ।

    लेखक आर.बी.बुढाथोकी सोल्टी क्राउन प्लाजा होटलका सुसेफ हुनुहुन्छ र सन्तुलित आहार र पाक कलाका बिषयमा लामो समयदेखि कलम चलाउदै आउनु भ​एको छ​ | 

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु