कक्षा १२ को नतिजा आउन अझै केही दिन लाग्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ माघ १४ गते, बुधबार १३:४७

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा आउन अझै केही दिन लाग्न सक्ने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । परीक्षार्थीको डाटा रुजुमा थप समय लागेकाले ढिलाई भएको अर्याल बताए। परीक्षा बोर्डले यसअघि १० माघभित्र नतिजा सार्वजनिक गर्ने जनाएको थियो ।

कोरोना भाइरसको महामारीले गर्दा स्थगित भएको कक्षा १२ को परीक्षा गत १६ मंसिरमा सम्पन्न भएको थियो । त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना आह्वान गरिसक्दा पनि कक्षा १२ को नतिजा सार्वजनिक नहुँदा विद्यार्थीहरु अन्योलमा परेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु