
काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका नेता युवराज न्यौपानेले पार्टीको आगामी १४औं महाधिवेशनमा केन्द्रीय सभापतिको लागि उम्मेद्धवारी दिने घोषणा गरेका छन् । गोरखा, आरुघाट गाउँपालिका वडा नम्बर ८ स्थायी घर भएका न्यौपानेले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमार्फत केन्द्रीय सभापतिमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् ।
न्यौपानले सुरुमै खाँडीमा श्रम बेचेर बसेका दाजुभाई, दिदिबहिनीरुलाई, विद्यार्थीहरु र युवाहरुलाई सम्झन चाहन्छु भनेका थिए । सम्बोधनको क्रममा उनले भने,‘नेपाली कांग्रेस पूरानो दल हो । कांग्रेसले हरेक क्रान्तिमा अगुवाई गरेको छ। तर, आँफैभित्रको आन्दोलनमा भने कांग्रेस सधैं कमजोर रह्यो । १४औं अधिवेशनमा पार्टीको आन्तरिक आन्दोलनको नेतृत्व मेरो उम्मेद्धवारीले गर्छ । मेरो उम्मेद्धवारीले सबे दलको लागि नयाँ सन्देश सिर्जना गर्नेछ । म पार्टीका आदरणीय सिनियिर नेताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई आग्रह गर्न चाहन्छु– अब पनि तपाईँहरु सभापतिमा उम्मेद्धवारी दिने वा मनोनयन गर्ने दुस्प्रयास नगर्नुहोस । यहाँहरुले यो पार्टीलाई लामो समय दिनुभयो, जे क्षमता थियो, त्यो दिईसक्नुभयो । अब त्यो प्रयास नगर्नुहोस । उम्मेद्धवारी दिनुभयो भने अब जनताले अपमानपूर्ण तवरले हटाउनुपर्नेछ । यो अधिवेशनले परिवर्तनको माहोल खोजेको छ।’
उनले आफूले ‘नट ओन्ली डेमोक्रेसी, बट अल्सो मेरिटोक्रेसी’ लागु गर्ने पनि बताए । उनले आफू नेपाली युवाहरुको खास र बास्तविक उम्मेद्धवारी भएको पनि बताए । उनले भने,‘मेरो जीत सुनिश्चित छ । मैले परिवर्तनका एजेडा बोकेको छु । निर्वाचित हुने कुरामा म ढुक्क छु । नेपाली कांग्रेसमा पालो कुरेर राजनीतिक नेतृत्वमा पुग्ने परम्परालाई तोड्दै म अघि बढिसकेको छु । आदरणीय देउवा र पौडेललाई म भन्छु कि तपाईँहरु धेरै दुःख नगर्नुहोस, उमेर धेरै भैसक्यो, अब धेरै दुःख नगर्नुहोस । तपाईँहरुको स्वास्थ्यको मलाई चिन्ता छ, बरु भजन, किर्तन र तीर्थयात्राको तयार गर्नुहोस । तातो पानी खाएर घरमै बस्नुहोस । नेपाली जनताको सपना पूरा गर्ने जिम्मेवारी हामीलाई दिनुहोस । म देशलाई समुन्नत बनाउनेछु ।’
उनले आफूले पार्टीभित्र लोकतान्त्रिक चरित्र स्थापित गर्ने दाबी गरे । उनले भने,‘म निवाचित भएँ भने यही चरित्र लागु गर्छु । म कन्फर्म जित्ने उम्मेद्धवार हुँ । म उम्मेद्धवारी फिर्ता हुने कुनै सम्भावना छैन् । मेरो जितलाई कसैलेपनि रोकन सक्दैन् ।’
नेपाली कांग्रेसको सभापतिमा मेरो उम्मेदवारी र मेरा प्रतिबद्दताहरु
हामीहरु यतिबेला नेपाली कांग्रेसको चौधौं महाधिवेशनको क्रममा छौ । नेपालको हरेक क्रान्तिको अगुवाई गरेको राजनीतिक दल नेपाली कांग्रेसको यस महाधिवेशन विशेष र महत्त्वपूर्ण हुनेछ भन्ने विश्वास मैले लिएको छु । गाउँ शहरका हरेक चोक र चिया पसलमा कांग्रेसको महाधिवेशनले स्थान पाइरहेको छ । नेपालको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसको अधिबेशन सर्वाधिक चासोको विषयवस्तु हुनु स्वभाविक पनि हो, तथापी नेपाली कांग्रेस पार्टीको जिवनलाई केलाउने हो भने त्यति उत्साहबर्द्धक अवस्था देखिदैन । पन्ध्रौं महाधिवेशनको तयारी थाल्ने समयमा बल्ल चौधौं महाधिवेशन सम्पन्न हुन गइरहेको बिडम्बनापुर्ण परिवेशमा पनि हामी अत्यन्त हर्षित भइ ठुलै कुरा प्राप्त हुन लागेको र कसैले हामी माथी ठुलै कृपा गरे जस्तो महसुस गरेको छ ।
नेपाली कांग्रेसको विधान अनुसार प्रत्येक चार वर्षमा गर्नुपर्ने महाधिवेशन साढे ६ वर्षमा गर्दा पनि नेतृत्वको कमि कमजोरी बारे कुनै चर्चा नहुनु फेरि पनि उनीहरुको भक्ती भावमा लागिरहनु र उनिहरुकै महिमा गाइरहनु वि.पि कोइरालाले निर्माण गरेको क्रान्तिकारी पार्टिको कार्यकर्ताको लागि लज्जाजनक विषय हो भन्ने मेरो ठहर छ । १३ वटा महाधिवेशन सम्पन्न गरिसकेको नेपाली कांग्रेसले प्रतिबन्धित अबस्थामा प्रयोगमा ल्याएको सांगठिक ढाँचाको विषयमा कुनै पनि चर्चा नहुनु एउटा गतिशील पार्टीको लागि पक्कै पनि राम्रो विषय होइन । आज सम्म सम्पन्न भएका हरेक महाधिवेशनमा राजनीतिक नेतृत्वले कुनै पनि राम्रो प्रतिबद्धता जनाउन सकेनन् ।
समय धेरै अगाडी बढिसकेको छ, बिना प्रतिबद्धता केवल पदमा लामो समय पटक पटक बसेको आधारमा आफुलाई नेतृत्वको लागि योग्य ठान्ने प्रचलनको चौधौं महाधिवेशनले क्रमभंग गर्नेछ भन्ने विश्वास मैले लिएको छु । यिनै विषयवस्तुलाई मध्यनजर गर्दै नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले मेरो उम्मेदवारी केन्द्रिय सभापतिमा रहने कुरा जानकारी गराउदछु । मेरो उम्मेदवारीले नेपालको राजनीतिमा नयाँ राजनीतिक कोर्षको सुरुवात गर्नेछ भन्ने विश्वास मैले लिएको छु । नेपालको प्रायः सबै जसो राजनीतिक आन्दोलनको अगुवाई गरेको नेपाली कांग्रेस पार्टी आफै भित्रको आन्दोलनमा भने सधै कमजोर देखिदै आएको छ । मलाई पार्टी भित्रको आन्दोलनको नेतृत्व गर्ने अवसर प्राप्त भएमा म नेपाली कांग्रेसलाई समयानुकूल रुपान्तरण गर्दै देश र जनताको हितमा पार्टिलाई उपयोग गर्ने प्रतिबद्धता प्रकट गर्दछु ।
नेपाली कांग्रेसको सभापतिमा मेरो उम्मेदवारी र मेरा प्रतिबद्दताहरु
परिचय
युवराज न्यौपाने
आरुघाट गाँउपालिका–०८, गोरखा
शिक्षाः एम.ए., वि.एड, एल.एल.वि– त्।ग्।
पेशाः
– शिक्षण (२०५७–६०)
– व्यापार÷व्यावसाय (२०६०– हालसम्म)
भ्रमणः मेलसिया, सिंगापुर, भियतनाम, थाइल्याण्ड, कम्बोडिया, फिलिपिन्स, हङकङ, चिन, भारत


