
मनिशा अर्याल ,काठमाडौं ।
नेपालमा बिहीबार २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४९५१ नमूना परीक्षण गर्दा २५ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। पीसीआरबाट २४ जनाको र एन्टिजेन विधिबाट १ जना गरी २५ जनामा संक्रमण देखिएको हो।मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको र सोही अवधिमा ८९ जना कोरोनामुक्त भएका छ्न्। हाल कोरोनाको सक्रिय संक्रमितको संख्या १ हजार ८१ रहेको छ। पछिल्लो २४ घन्टामा ६० हजार २६० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार ।


