विराटनगर । नारी स्रष्टा समाज विराटनगरको संयोजनमा स्रष्टा सम्मान भएको छ। नारी स्रष्टा समाजकी अध्यक्ष ममता मृदुलको अध्यक्षतामा विराटनगरमा स्रष्टा सम्मान शनिवार भएको हो।
यो बर्षको बर्ष पुस्तक सम्मानवाट चोभार ब्लुज कृतिका लागि निकथाकार बिक्रम भक्त जोशी सम्मानित भएका छन्। त्यस्तै, मोहनलता विशिष्ट स्रष्टा सम्मानबाट विमल बैद्य, कविराज स्रष्टा सम्मानबाट कवि तथा निबन्धकार श्रीबाबु कार्की उदास, राजेन्द्र हेमलता स्रष्टा सम्मानबाट आरती पोखरेल अनु र कोशी प्रदेश लघुकथा सम्मानबाट मनिष शर्मा समित सम्मानित बनेका हुन्।
प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्य र पूर्व सांसद तथा संस्कृतिकर्मी खेम नेपालीको विशेष आतिथ्यमा स्रष्टा सम्मान समारोह भएको थियो।