भू-उपग्रह प्रविधिको प्रयोगमार्फत नेपालको कृषि क्षेत्रको पहिचान गर्न सम्झौतागरिमा र रञ्जनको रोमान्सले भरिएको 'के गरौं भन तिम्रो हुनलाई' सार्वजनिक ( भिडियो )कफी क्लब च्यारिटी फुटसल शनिबारUnmissable' Pre-Budget Offer in Deepal EVs with Unmatched Style, Unrivalled Featuresव्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिमउत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ ।कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमाकाठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्नतेक्वान्दो टोली जापान जाँदैसमृद्ध मुलुक निर्माणमा इन्जिनीयरको महत्वपूर्ण भूमिका : उर्जामन्त्री खड्का

विश्वमै धेरै पैसा कमाउने सेलिब्रेटीको सूचीमा बलिउडका को-को परे?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ असार १ गते, बिहीबार ०७:४२

फोर्ब्स पत्रिकाले विश्वमै धेरै पैसा कमाउने सेलिब्रेटीको सूची जारी गरेको छ। सन् २०१७ का लागि सार्वजनिक गरिएको यो सूचीमा अभिनय, संगीत, गायन, साहित्य, खेलजस्ता विभिन्न विधाका सेलिब्रेटीहरुको कमाइका आधारमा उनीहरुको नामांकन गरिएको छ।

सूची अनुसार एक नम्बरमा अमेरिकी गायक, र्‍यापर तथा कलाकार सन कोम्ब्स परेका छन् भने दुई नम्बरमा गायिका तथा अभिनेत्री बियोन्से परेकी छन्।

तेस्रो नम्बरमा लेखिका जेके रोलिङ, चौथोमा गायक ड्रेक र पाँचौंमा फुटबल खेलाडी रोनाल्डो परेका छन्।

यो सूचीमा बलिउडका तीन कलाकार पनि पर्न सफल भएका छन्। अभिनेताहरू शाहरूख खान, सलमान खान र अक्षय कुमार यो सूचीमा परेका हुन्।

बलिउड तीन कलाकारमध्ये सबैभन्दा अगाडि शाहरूख खान छन्। उनी सूचीको ६५ औं नम्बरमा परेका छन्। उनीसँगै ६५ नम्बरमा हलिउड गायिका जेनिफर लोपेज र चेनस्मोकर ब्याण्ड पनि छन्। उनीहरुको कमाइ ३८ मिलियन अमेरिकी डलर छ।

त्यस्तै सलमान खान सूचीको ७१ नम्बरमा परेका छन्। उनीसँगै ७१ नम्बरमा फुटबल खेलाडी नेइमार,  लेखक तथा पत्रकार बिल औरेइली, गायिका डली पार्टन र गायक एड शिरान पनि परेका छन्।  उनीहरुको कमाइ ३७ मिलियन अमेरिकी डलर छ।

अक्षय कुमार सूचीको ८० औं नम्बरमा परेका छन्। उनको कमाइ ३५.५ मिलियन अमेरिकी डलर छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु