आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

राम रेप्चुङ राईको ‘सोल्टीज्यू’मा ‘तक्मेबुढा’ र रेखाको रोमान्स

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ कार्तिक ५ गते, आईतवार ११:१०

काठमाडौं, ५ कार्तिक । हास्य अभिनेता विल्सनविक्रम राई ‘तक्मेबुढा’ अभिनेत्री तथा मोडल रेखा फागोसँग देखिएका छन् । ‘सोल्टीज्यू…’ बोल गीतको सार्वजनिक भिडियोमा ‘तक्मेबुढा’ रेखाको सोल्टीका रुपमा देखिएका हुन् ।
पछिल्लो समय ‘मायाले संसार चल्दैन हौ’ थेगोलाई स्थापित गरेका ‘तक्मेबुढा’ सार्वजनिक भिडियोमा भने रेखाको मायामा चुर्लुम्मै डुबेका छन् ।

चर्चित गीतकार राम रेप्चुङ राईको शब्दरचना रहेको ‘सोल्टीज्यू…’ पुर्वेली लोकआधुनिक गीत हो । यस गीतलाई ‘नेपाल आईडल’ टप–७ प्रमिला राई र नेपाली तारा सिजन–३ को फस्ट रनरअप देबेश राईले गाएका हुन् । पुर्वी नेपालको रहन–सहन र कलासंस्कृति उजागर गर्ने ‘सोल्टीज्यू…’ बोलको यस गीतको भिडियोलाई पत्रकार एमपी सुब्बाले निर्देशन गरेका हुन् ।

गीतको मर्म तथा भावशैलीअनुसार भिडियोमा ‘तक्मेबुढा’ र रेखाको केमेष्ट्री गज्जबको देखिएको छ । तेह्रथुमे ढाका बुटिक ललितपुरकी डिजाइनर निरु आङबुङले तयार गरेको ढाका पहिरनमा तक्मेबुढा र अभिनेत्री रेखा साँच्चीकै खुलेका छन् ।

भिडियोमा तक्मेबुढा र रेखालाई ‘सोल्टी–सोल्टिनी’का रुपमा प्रस्तुत छन् । सोल्टी–सोल्टिनी पुर्वमा तरुनी–तन्नेरीबीच चलनचल्तीको शब्दचारण हो । गीतकार रेप्चुङलाई त्यही भाका र भावनालाई यस गीतका उतारेका छन् ।

एकदमै थारैमात्र म्युजिक भिडियोमा मोडलिङ गर्दै आएका तक्मेबुढाले भने, ‘जस्तोसुकै म्युजिक भिडियोमा म अभिनय गर्दिनँ । यो गीत मलाई मन परेकै अभिनय गरेको हुँ ।’ किरात यायोख्खा जापानको प्रस्तुती रहेको यस गीतको संगीत तथा एरेञ्ज देबेश राईले नै गरेका हुन् । गीतको शब्दभाव अनुसार देबेशको संगीत तारिफ योग्य छ । यस भिडियोमा राम केसीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । यस भिडियोलाई दर्शक तथा श्रोताले रुचाउनेछन् भन्ने निर्माणपक्षको आशा छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु