आज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठन

सबिन र आठ बर्षिया दीक्षाको ‘भाईरल भैदियो’ सार्बजनिक (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ कार्तिक २५, शनिबार ०९:०२

युवायुवती माझ लोकप्रिय चर्चित गायक, गीतकार तथा संगीतकारको रुपमा आफुलाई चिनाएका मानस राजको नयाँ गीत ‘भाईरल भैदियो’को भिडियो सार्वजनिक भएको छ । उक्त सार्बजनिक गीतमा एक युवतीलाई एकोहोरो माया गर्ने युवकले आफ्नो मनको कुरा नृत्य शैलीमा भनिरहेका छन् । मनको याद भाईरल भएको भन्दै युवतीको पछि पछि ति युवक देखिन्छन् भने गीतमा आठ बर्षिया दीक्षा ठकुरिले पनि युवती र युवकको प्रेमलाई मिलाउदै  मनरोञ्जक नृत्य समेत गरेकी छिन ।

स्वर, शब्द तथा संगीत मानस राजको रहेको यस गीतको भिडियोलाई सबिन कार्की ‘बिस्ट’ले तयार पारेका छन् । सबिनको लोभलाग्दो नृत्यसँगै उनि आँफैले निर्देशन तथा सम्पादन समेत गरेका छन् । नयाँ नयाँपन प्रयोग गर्न रुचाउने सबिनले यस भिडियोमा पनि कथा तथा उत्कृष्ट नृत्य प्रस्तुत गरेका छन् । यस गीतका एरेन्जर उदय राज पौडेल हुन् ।धादिङ्की आठ बर्षिया दीक्षाले यसै भिडियोबाट नृत्यसँगै अभिनय शुरु गरेकी हुन् । उनले यसअघि केहि गीतका कभर भिडियोमा नृत्य गरेकी थिइन् । भिडियो रिलीजसँगै दीक्षाको प्रतिभाको तारिफ गरिएको छ ।

गीतका गायक, रचनाकार तथा संगीतकार मानस राजले लेखेको ‘पिरतीको छाता ओढाउँला’ बोलको चलचित्र ‘रेशम फिलिली’को गीत निकै चर्चित बनेको थियो । त्यस्तै, चलचित्र ‘डायरी’को चर्चित ‘माया माया’मा मानसको शब्द तथा संगीत थियो ।मानसले रचना गरेका पचास बढि गीतहरुमा मोहन भुसाल, सनुप पौडेल, हेमन्त राना, काली प्रसाद बास्कोटा, अल्मोडा राना लगायतले स्वर दिईसकेका छन् । मानसले रंगमञ्चमा दश वटा नाटकमा अभिनय समेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु