अमेरिकामा राजेश गुरुङको आयोजनामा तीन गायिकाको भव्य कन्सर्टमा सम्मान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर १ गते, शुक्रबार १५:१०

काठमाडौ। अमेरिकामा रहेका नेपाली कलाकार राजेश गुरुङको आयोजनामा अमेरिकामा भव्य सांगीतिक कार्यक्रम संपन्न भएको छ। थ्री एफ इन्टरटेन्टमेन्ट नाम दिएर गरिएको कार्यक्रममा नेपालवाट अमेरिका पुगेका तीन ख्यातिप्राप्त गायिकाहरु आस्था राउत, सिने गुरुङ र अभ्या एण्ड ब्याण्डले तहल्कापूर्ण प्रस्तुति दिएका थिए।

यी तीन गायिकाहरुको सम्मान स्वरुप नै थ्री एफ इन्टरटेन्टमेन्ट कार्यक्रम गरिएको जानकारी अमेरिकावाट आयोजक कलाकार राजेश गुरुङले भनेका छन्।

आयोजक कलाकार गुरुङका अनुसार तीन गायिका आस्था, सिने र अभ्यालाई न्यूयोर्कमा आयोजित उक्त कार्यक्रममा भव्य सम्मान गरिएको छ। कार्यक्रम अत्यन्त सभ्य तथा भव्य भएको जनाइएको छ। यसअघि कलाकार गुरुङको आयोजनामा नेपालका अत्यन्त ख्यातिप्राप्त गायकहरु हरिश माथेमा, संजिप प्रधान र बाबु बोगटीको गायनको कन्सर्ट संपन्न भैसकेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु