• मोडलिङ क्षेत्रकी चम्किलो तारा सुन्दरी अस्मी गौतम

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ मंसिर २०७४, मंगलवार ०९:०१

    शिशिर पाण्डे, बुटवल

    नेपाली मोडलिङ क्षेत्रमा नयाँ अनुहार आउने क्रम बढ्दो छ । कोहीले आफ्नो रहर पुरा गर्न यस क्षेत्रमा आउँछ्न भने कोहीले आफ्नो भविष्य यसै क्षेत्रमा राम्रो देखेर आउने गर्दछ्न।

    ग्लायमर क्षेत्र आफुमा पनि एउटा सम्मानित पेसा हो आफुले जे काम गरिराखेको हुन्छ त्यसमा मेहनत का साथ अनुसासित तबरले लागियो भने अवस्य सफल हुन सकिनेछ ।

    यसै क्रममा सुनवल-०४,नवलपरासीमा बस्दै आईरहेकी अत्यन्तै सुन्दरी मोडल अस्मी गौतम पनि बिगत एक बर्ष देखि मोडलिङमा सक्रिय भएर लागेकी छिन्।

    उनले तिज गीत,लोक गीत,रोइला गीत र बिभिन्न कभर भिडियोमा समेत अभिनय गरेकी छिन् र साथै बिभिन्न स्टेज कार्यक्रममा दर्शकको मन जित्न पनि सफल भएकि छिन् | उनले आफ्नो अध्यन र मोडलिङलाई सँगसँगै लैजाने उनको भनाई रहेको छ ।

    उनलाई नृत्यमा सारै नै रुचि रहेको बताउछिन ।उनि यहिले (BBS 4th year)महाकबि देबकोटा कलेजमा पढ्दै छिन्। उनि सबैसँग उत्तिकै मिल्ने हुँदा सबैको नजरमा प्रिय छिन्।

    अहिले हरेक कार्यक्रममा उनी ब्यस्त हुन थालेकी छिन्। यो क्षेत्रमा उनलाई आफ्नो घर परिवारको साथै आफ्नो ममि(ज्ञानु उपाध्याय)को हरपल साथ रहेको बताउछिन् |

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु