• मिस्टर एन मिस एभरेष्ट नेपाल २०१७ आयोजना हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ मंसिर २०७४, बिहीबार ०३:३९

    सुदिप गौतम/ बुटवल -एभरेष्ट मिडियाको आयोजनामा मिस्टर एन मिस एभरेष्ट नेपाल कार्यक्रमको आयोजना गर्ने भएको छ।

    युवा पुस्ताहरुको पछिल्लो समय यस्ता कार्यक्रमप्रती दिनप्रतिदिन आकर्षण बढिरहेको छ।उनीहरुको प्रतिभाको प्रस्फुटन गर्नको लागि यो कार्यक्रमको आयोजना गर्न लागिएको एभरेष्ट मिडियाका प्रदिप कडेलले बताए।

    प्रतियोगीहरुलाई विभिन्न तालिमहरु पनि दिने भएको छ। र्याम वाक, क्याट वाक, नेतृत्व बिकास तालिम, अभिनय र नृत्य तालिम, फोटो सुट मेकप र अनलाईन पब्लिसीटिको पनि ब्यवस्था हुने कडेलले बताएका छन्।

    प्रतियोगिताको बिजेताले चास हजार नगद पुरस्कार, मोबाइल फोन उपहार पाउने र चर्चित सेलिब्रेटिसङ म्युजिक भिडियो खेल्ने अवसर, नृत्य र र अभिनय कक्षा निसुल्क र अन्य आकर्षक पुरस्कारको ब्यवस्था रहेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु