ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

अब गीतकर पनि गायिका मिनल अमात्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर २८, बिहीबार ०५:१९

चर्चित गायिका हुन् मिलन अमात्य तर, अब यतिले भन्दैमा पुग्दैन मिलनलाई किनकि, आफ्नो माधुर्य गला र सुन्दर रुपका कारण दर्शक तथा श्रोतामाझ लोकप्रिय रहेकी मिलन गायिका मात्र नभएर मोडल हुँदै गीतकार समेत बनेकी छन् । त्यसैले अब मिलनलाई गायिका, मोडल तथा गीतकार भन्नु पर्नेछ ।
पछिल्लो समय आफ्नै गीतमा अभिनय गरेर मोडलमा आफूलाई दर्ज गराएकी यी चर्चित गायिकाले एउटा यस्तो प्रेमभावमा गीत लेखेकी छन् ।
‘मन रेशमको सानो धागो रातो यसको रंग
तिम्रो मायाको रंग मिसियो भरियो मेरो अंग’
हो, यही हो मिलनको शब्दलिपीको एक हरफ । जुन गीतको संगीत कमल खत्रीले गरेका छन् । हालै रेकर्डिङ गरिएको यस गीतलाई ‘मिलन–२’ एल्बममा सुन्न सकिनेछ । हाल आफ्नो सोलो एल्बम ‘मिलन–२’ ल्याउने अन्तिम तयारीमा रहेकी मिलनले भनिन्, ‘पहिलोपटक गीत लेख्ने प्रयास गरेकी हुँ । हेरौं, श्रोता तथा दर्शकले कतिको रुचाइदिनुहुन्छ ।’
हुन त मिलन गायनमा मात्र नभएर आफूसँग भएका हरेक कलालाई प्रस्तुत गर्ने जमर्को गर्दै आएकी छन् । यसको जिवन्त उदाहरण हो, मोडलिङ तथा गीतिकारिता । उनले ‘प्रयास गरौं’ भनेरै पहिलोपटक आफ्नो गीतको भिडियोमा मोडलिङ गरिन् । त्यसमा उनी सफल पनि भइन् अर्थात् मिलनको गायन जस्तै मोडलिङ र अभिनयलाई पनि दर्शक तथा श्रोताले रुचाए ।
माधुर्य स्वर र सुन्दर रुपकी धनी मिलनले गायन तथा अभिनयमा त जादु नै छर्दै आएकी छन् । त्यस्तै, पछिल्लो समय गीति लेखनलाई पनि उनले ‘प्रयास’ भनेकी छन् । तर, उनको पहिलो शब्दलिपी गीति निकै सुन्दर बनेको छ । त्यसैले अबका दिनमा यी गायिका कुसल गीतकारका रुपमा समेत चिनिने पक्का छ ।
यहाँसम्म त ठीकै छ । गायन, मोडलिङ र गीति लेखनसँगै अब कुन विधामा प्रयास गर्ने त ? मिलन भन्छिन्, ‘सकेसम्म त सबै विधामा प्रयास गर्ने हो । विस्तारै संगीत कम्पोज पनि गर्नुपर्ला ।’ अवश्य पनि किनकि, एक कुसल गायिकाले संगीत कम्पोज गर्नु कुनै कठिनाइ हुन्न । न त गीति लेखनजस्तो नै संगीत कम्पोज गाह्रो छ ।
त्यसैले अबका दिनमा मिलनलाई संगीत र कलाका हरेक विधामा दर्शक तथा श्रोताले पाएमा अचम्म मान्नु पर्दैन  किनकि, उनी हरदम प्रयासरत छिन् । उनको ध्येय छ, गायन, गीति लेखन, अभिनय र संगीत कम्पोज पनि आफै गर्न सकुँ । तर, अहिलेसम्म उनले म्युजिक भिडियो पनि आफै निर्देशन गर्छु चाहिँ भन्न भ्याएकी छैनन् । र, निर्देशन गरिहाले पनि अनौठो हुनेछैन । यी गायनकी प्रतिभाशाली गायिकालाई दर्शकले पनि हरेक विधामा हेर्न र सुन्न चाहन्छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु