अभी लामिछाने, गीत संगीत बनाउने गाउँने तथा म्यूजिक भिडियोहरु बनाउने भन्ने बित्तिकै विशेष रुपमा काठमाण्डौं नै जाने प्रचलन बढिरहेको बेलामा अब नेपाको मध्य विन्दुको शहर मानिने पर्यटकीय शहरको रुपमा विकसित हुँदै गरेको जुनारको जिल्ला भनेर चिनिने सिन्धुलीमा नै अब राष्ट्रिय स्तरको फिल्म स्टुडियो खुलेको छ । विशेष उद्घाटन भएको तारा सितारा प्रोडक्सन नामले निर्माण भएको स्टुडियोका निर्देशक कृष्ण पौडेल हुनुहुन्छ ।
विगत एक दशकदेखि नेपाली चलचित्रमा विभिन्न रुपले काम गर्नुभएका कृष्ण पौडेलले आफ्नै लेखन तथा निर्देशनमा नेपाली कथानक चलचित्र धून निर्माण गर्नुभएको हो । अब पूर्वका धेरै शहरका जस्तै सिन्धुली, रामेछाप, ओखलढुंगा, उदायपुर, धनुषा, महोत्तरी, सर्लाहीका गीत संगीतका तथा नृत्य तथा अभिनय गर्न सक्ने प्रतिभाहरुले काठमाण्डौ धाइरहनुपर्ने बाध्यता नरहेको र गीत संगीत तथा अभिनय तथा नृत्य सम्बन्धी प्रशिक्षणका साथै गीत रेकर्डिङ् तथा भिडियो निर्माण एवं फिल्म निर्माण सम्मको काम सिन्धुलीबाटै हुने कुरा तारा सितारा प्रोडक्सनका निर्देशक कृष्ण पौडेलले जानकारी दिनुभयो ।
विभिन्न कलाकार, पत्रकार, समाजसेवीहरुको उपस्थितिमा भएको उद्घाटन समारोहमा समुपस्थित व्यक्तिहरुले अब सिन्धुली जिल्ला र आसपासका जिल्लाहरुको सम्पूर्ण प्रतिभावान् व्यक्तिहरुले काठमाण्डौ धाउनु नपर्ने सम्पूर्ण काम सिन्धुलीबाटै हुने हुनाले खुशी व्यक्त गर्नुभएको थियो ।