एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

लोक दोहोरीमा बर्षा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ जेष्ठ १५ गते, मंगलवार १५:३१

सन्तोष बजगाई, काठमाण्डौं ।

कलाकार देशका गहना हुन । जस्ले कला र गलाको माध्ययमबाट देश विदेशमा रहेका नेपाली दाजुभाइ दिदी बहिनीहरुको मन जितेको छ उ नै एक सच्चा कलाकार हो । कलाकार आफैमा एउटा मर्यादित शव्द र पेशापनि हो । कलाकारले कला कै माध्ययमबाट भाषा, संस्कृति, परम्परा र रितिरिवाजको संरक्षण र विकासमा प्रत्यक्ष वा परोक्ष रुपमा योगदान पु¥याइरहेका हुन्छन् । तिनै कलाकारहरुको कलाको सम्मान गर्नु हामी सबैको कर्तव्य हो । त्यसैको निरन्तरता स्वरुप आफ्नो कला र गला प्रस्तुत गरेर पछिल्लो समय लोक दोहोरी गायनमा आफुलाई परिचित बनाउन लागिपरेकी एक जना संघर्षशिला गायीका बर्षा सिल्वालसंग गरिएको कुराकानी प्रस्तुत गर्दैछौं । उहाँको सांगीतिक यात्रा र संघर्ष एवं भविष्यका योजना के गरेको छ त ? प्रस्तुत छ यस विषयमा उहाँसंग गरिएको कुराकानी । तपाइको परिचय आफ्नै शब्दमा बताइदिनुस् न ?

हजुर धन्यवाद, सर्वप्रथम सम्पुर्णमा नमस्कार । म कलाकार तथा लोक दोहोरी गायिका बर्षा सिल्वाल । मेरो घर ललितपुर भट्टेडाडा भन्ने ठाउँमा हो । म लोक दोहोरी क्षेत्रमा क्रियाशिल छु ।

तपाइको साँगितिक यात्रा, दुःख र संघर्षको बारेमा बताइदिनुस् न ?

गीत संगीतमा लाग्दा धेरै दुःख गरेको छु । धेरै दिन भोकै बसेर पनि काम गरेको छु । कलाकारीता क्षेत्रमा संघर्ष त धेरै हुन्छन् नी, त्यसमाथि छोरी मान्छे धेरै नै चुनौतिहरु आए तर त्यसलाई स्विकार गर्दै निरन्तर संर्घषरत नै छु ।

तपाईले यो संगीत क्षत्रमा लागेर के पाउनु भो र भबिस्य कस्तो देख्नु भएको छ ?

मैले गीत संगीतमा लागेर म बर्षा सिल्वाल हो भनेर आफ्नो दर्शक श्रोताहरुलाई चिनाउन पाएकी छु । यहि हो मैले पाएको भनेको । एउटा कलाकारको लागी दर्शक श्रोताको माया भन्दा बढि त अरु के नै हुन्छ र ? र अर्को कुरा यस क्षेत्रमा भविष्यकै कुरा गर्दा त अहिले जीवन धान्न नै यहि पेशा त अलि प्रयाप्त छैन तर अव भविष्यमा केहि त होला कलाकारको लागि त्यहि आशामा छु । मैले दर्शक श्रोताको माया पाईरहेकै छु यहि हो मेरो लागि ठूलो उपलब्धी यो क्षेत्रमा लागेर मैले कमाएको यहि हो सबैको माया ।

तपाइले गाएका गितहरुको बारेमा भन्नुस् न ?

मैले गाएको गितहरु धेरै छन कति गीतले रुवाउँछ भने कति गीतहरुले खुशी बनाउँछ र मैले गाएको सबै गीतहरुलाई म उतिकै माया गर्छु । मैले गाएको सबै गीतहरु मेरो सन्तान हुन र ती सन्तानहरुलाई म बचाएर राख्ने छु । यसको लागि हामी जस्तो कलाकारको लागि साथ सहयोग हौसला र दर्शक श्रोताको माया भने सदैव चाहिन्छ । लोक दोहोरी, तिजको, दशैको थुप्रै गीतहरु छन् मैले गाएका ।

भबिस्यमा तपाईको योजना के रहेको छ, यो गीत संगीतको क्षेत्रमा लागेर ?

एउटा कलाकार भएपछि दर्शक श्रोताले नयाँ कोशेलीहरु हेर्न र सुन्न मन गरिरहनु भएको हुन्छ त्यसैले यहि कलाकारितालाई नै निरन्तरता दिन्छु । म सक्दो राम्रो प्रस्तुतीहरु लिएर आइरहने छु दर्सक श्रोता सामु । यिनै हुन अरु खासै योजना छैन । यहि क्षेत्रमा निरन्तर छु र रहन्छु ।

आजभोलि के मा ब्यस्त हुनुहुन्छ ?

आजभोलि यहि गीतसंगीत मै बिजि छु । स्टेज प्रोग्राम, रेकडिङ, शुटिङ्ग अन्य यसैसंग सम्बन्धीत कामतिर अनि नयाँ गीतको पनि तयारी भैरहेको छ यहि नै हो । एउटा नयाँ गीत आउँदै छ छिट्टै बजारमा प्रकाश पुरीसंगको सहकार्यमा यसकै तयारीमा छु ।

र अन्तमा केहि भन्नु छ ? मैले सोध्न छुटाएको ?

खासै केहि छैन त्यस्तो त । सबै मेरा दर्शक श्रोताहरुलाई मेरो गीत सुन्नुहोस् हेर्नुहोस् कमी कमजोरीहरु भए औंलाएर मलाई अझै अगाडी बढ्न प्रेरणा दिनुस् भन्न चाहान्छु । र तपाईलाईपनि धन्यवाद मेरो कुराहरु दर्शक श्रोता र पाठकहरुमा पु¥याईदिनु भएकोमा ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु