डाउन सिण्ड्रोम अपाङ्गताका सवालमा अन्तरक्रियास्याङ्जाको फेदी खोलामा जिल्लास्तरीय पुरुष भलिबल हुनेनेपाली व्यवसायी संघ कतार र निर्यात व्यावसायी महासंघबिच द्धिपक्षिय सम्झौतामा हस्ताक्षरतनहुँ जिल्ला निर्वाचन क्षेत्र नं. १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा २०८० वैशाख १० गते उपनिर्वाचन हुनेआज मिति २०७९ चैत ६ गते, सोमवारको राशिफलनेपाल पत्रकार महासंघ काठमाडौ शाखाले आदर्श पत्रकारिता पुरस्कारको घोषणानेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लि. बिच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौताएक महिनाभित्र खानेपानी तथा सरसफाई नीति आउनेउसु महासंघको अध्यक्षमा बर्तौला निर्विरोधनेपाल उसु महासङ्घको उपाध्यक्षमा अभिषेक विक्रम शाह निर्वाचित

माफ गर छोरी!!! मैले तिमीलाई जन्म दिन सकिन #देवुपराजुली

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ९, शनिबार ०५:२०

माफ गर छोरी !!
मैले तिमीलाई जन्माउन चाहिन।
जन्माउन मात्र हो र?
मैले तिमीलाई गर्भमै बोक्न चाहिन।।
तिमी मेरो गर्भमै मारिने डरले,
तिमी जन्मे पछि फेरी,
तिम्रो शुकोमलता,
विभेद सहेरै हुर्कनु पर्ने डरले
र फेरी
तिमीलाई यि नरपिचाशले
चिथोर्ने डरले
हिंसा र अत्याचार गर्ने डरले
माफ गर छोरी!!
मैले तिमीलाई जन्माउन चाहिन
जन्माउन मात्र होर??
मैले तिमीलाई गर्भ मै बोक्न चाहिन।।
म तिम्री आमा!!
तिम्रो चित्कार सहन सक्ने छैन,
तिम्रो पिडा देख्न सक्ने छैन,
तिम्रो हत्या सुन्न सक्ने छैन,
तिम्रो सुकोमल अनुहारको पिडा कल्पेर
मैले तिमीलाई जन्मदिन सकिन ,
माफ गर छोरी !!
मैले तिमीलाई गर्भमै राख्न सकिन।
थुप्रै पटक,,
म तिम्रो बाल शुलभतामा मुस्कुराए
तिम्रो यौवन कल्पदै रमाए
तर जब यि नर पिपाशुका आखा र मन संझन्छु
म झस्केर सपनामै व्यूझेर चिच्याउछु
माफ गर छोरी !!
तिम्रो बालशुलभता निमोठिने डरले
मैले तिमीलाई जन्मदिन सकिन।
मैले तिमीलाई गर्भ मै लिन सकिन।
माफ गर छोरी!!!
मैले तिमीलाई जन्म दिन सकिन?
मैले तिमीलाई गर्भ मै लिन सकिन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु