नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिक

अशिम कुमार कटुवालको दशैं गीत ‘जमरा सुकार’ बजारमा (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १२, शुक्रबार ०७:५०
सन्तोष बजगाई, काठमाण्डौं । सांगीतिक क्षेत्रमा लागेर आफुलाई अघि बढाईरहेका लोक तथा दोहोरी गायक हुन् अशिम कुमार कटुवाल । कहिले माया प्रेमका त कहिले चाडपर्वका विभिन्न गीतहरु गाएर परिचित गायक कटुवाल सबैमाझ उतिकै लोकप्रीय छन् ।
गएको तिजमा साईला बजाउ मादल बोलको गीत मार्फत निकै चर्चाको शिखर चुमेका गायक कटुवालले यतिबेला दशैं गीत बजारमा ल्याएका छन् ।
परदेशीहरुको बेदनालाई समेटेर तयार पारिएको ‘जमरा सुकार’ बोलको दशैं गीत यतिबेला बजारमा चर्चाको शिखरमा छ । परदेशीएका लाखौं नेपालीहरुको यथार्थ भोगाई र कथालाई यस गीतले समेटेको गायक कटुवाल बताउँछन् ।
यस गीतमा बिष्णु तामाङको लय गायक अशिम कुमार कटुवालको शव्द, अशिम कुमार कटुवाल र अमृता रायमाझीको स्वर रहेको छ ।
यस गीतमा रामचन्द्र बोहराको निर्देशन, रिकेश  रिजाल, अमृता रायमाझी र सरोज घिमिरेको अभिनय रहेको छ । यो गीतको भिडियोमा बाल कलाकार प्रितिशा बस्नेत र ऐन्जिला केसीले पनि अभिनय गरेका छन् ।
विजया दशमीको शुभकामना सहित बजारमा आएको अशिम कुमार कटुवालको जमरा सुकारले सोचेजस्तै सफलता पाओस् शुभकामना ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु