रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

‘अनुराग’ हाउसफुल, टिकट नपाएपछि हलमै दर्शकहरुको नाराबाजी (भिडियोसहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १४, आईतवार ०५:१२

काठमाडौं, १३ असोज । पत्रकार ऋषि धमलाले निर्माण गरेको नपाली कथानक चलचित्र ‘अनुराग’ हिजोदेखि अल नेपाल प्रदर्शनमा आएको छ । तर, प्रदर्शनको दोस्रो दिन आज शनिबार अनुरागले आक्रमक व्यापार गरेको छ । काठमाडौंका गोपीकृष्ण हल र अष्टनारायण हलमा अनुरागको टिकट नपाएपछि दर्शकहरुले हुलदुंगा मच्चाएका छन् ।

हलमा अनुरागको नाराबाजी लागेको छ । टिकट काउन्टर अघि पत्रकार धमला पुग्दा दर्शकले जनता जान्न चाहन्छन ऋषिजी खोई अनुरागको टिकट भन्दै नाराबाजी गरेका थिए । अनुराग हेर्न दर्शकको घुईँचो लागेपछि धमला खुशी छन् । उनले भने,‘म हलमा पुग्दा एकछिन नाराबाजी नै लाग्यो । उहाँहरुले जनता अनुराग हेर्न चाहन्छन्, तर खोई टिकट ? टिकट छैन त भन्दै नारा लगाएका थिए ।’
गोपीकृष्ण र अष्टनारायणमा विहान र अहिले अपरान्ह दुवै शो हाउसफुल भएको निर्माण पक्षले जनाएको छ ।

सांगीतिक प्रेमकथा बताइएको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो । पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमति एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ । एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन्।
निर्देशक सत्यराज चौलागाईको पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु