सन्तोष बजगाई, काठमाण्डौं–लोक दोहोरी गीत मार्फत आफ्नो परिचय बनाएकी गायिका निरु कार्कीको स्वरमा “खुशीका आँशु” बोलको दशैं गीत यतिबेला बजारमा चर्चाको शिखरमा रहेको छ । नरेश खाती क्षेत्रीको लय तथा बाबुराम बोहराको शब्द रहेको यस गीतमा चर्चित गायक मेक्सम खाती क्षेत्रीले गायिका निरु कार्कीलाई स्वरमा साथ दिएका छन् । गीत मार्फत बैदेशीक रोजगारीमा रहेका आफ्ना परिवारका सदस्य वा श्रीमान घर फर्कीन नपाएको र दशैं जस्तो चाडमापनि खुसी साट्न नपाईएको कुरा देखाउन खोजिएको छ । गीतको भीडीयोमा मोडल बाबुराम बोहरा र एलीना राईमाझीले अभीनय गरेका छन् । आशा छ यो गीतले सोचेजस्तै सफलता प्राप्त गर्ने छ, हाम्रो यहि शुभकामना । भिडीयो हेर्नुहोस