• तेजप सुवेदीका (लुरेश्वोर ) मुटु फुटाउने दस मुक्तकहरु !!

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ असार २०७६, शनिबार १६:०३

    1.
    बुझ्दै जाँदा वारिपारि, अनि थाहा हुन्छ
    छ कि, छैन संस्कारि, अनि थाहा हुन्छ
    भर्खर बिहे गरि छोरो परदेश गयो भने
    के कस्ति छे बुहारी, अनि थाहा हुन्छ

    2.
    सम्बन्धहरुमा पबित्रता, कहाँनेर देख्छौ ?
    धर्म मान्नुपर्छ अलिकता, कहाँनेर देख्छौ ?
    तिम्रो र पशुको ब्याबहार एउटै हुन्छ भने
    आफु,मान्छे हुनुको भिन्नता, कहाँनेर देख्छौ ?

    3.
    सबैलाई बोलायो कोहि नछुटाइ, थुप्रै आएका
    थिए
    छर-छिमेकी,आफन्त, दाजुभाइ, थुप्रै आएका थिए
    सोचिरहेको छु साथिको सम्बन्ध बिच्छेद कसरी भयो?
    बिवाहामा शुभकामना र बधाइ, थुप्रै आएका थिए

    4.
    देखाएर पैसा, देखाएर बल, घर बनायो
    मानौ नमानौ उसलाई सफल, घर बनायो
    आमा नसिकाउनुस अहिंसाका कुराहरु
    साथीले खोल्यो मासु पसल, घर बनायो

    5.
    यहाँ यस्तै मान्छे बस्छ्न, बिक्दै बिक्दैन
    अहँ, वास्ता गर्दै गर्दैनन, बिक्दै बिक्दैन
    रचना पनि बस्तु उत्पादन जस्तै हो रै छ
    गरिएन भने बिज्ञापन, बिक्दै बिक्दैन

    6.
    मलाइ खुब नराम्रो देखाए, कुरा काट्नेले
    बस्नै दिएनन् गाउँ कटाए, कुरा काट्नेले
    म शहर आएँ, कुखुरा काटेर घर बनाइसके
    गाउँमा कति धन कमाए, कुरा काट्नेले

    7.
    मेरो नजरबाट तल झर्न, किन आइपुग्छन ?
    भन्दै सङ्गै जिउन र मर्न, किन आइपुग्छ्न ?
    दिल, प्रेमकै कारण ढुङ्गा भैसकेको थियो
    फेरि ढुङ्गासङ्ग प्रेम गर्न, किन आइपुछन  ?

    8.
    अन्तिम तिम्रो यहि भए बिचार, बिहे गर्दा हुन्छ
    रोक्दिन, सजाउ आफ्नै संसार, बिहे गर्दा हुन्छ
    पढाई, जागिर मलाइ दुई चार बर्ष लाग्छ होला
    तिमिलाइ  लागेको भए हतार, बिहे गर्दा हुन्छ

    9.
    के सोच्दी होलिन  बिचारी, तीजको दिन पनि
    लाउन नपाउदा नयाँ सारी, तीजको दिन पनि
    तिमी महिनौ अघि दर खान्छौ तर मेरि आमा
    घाँस काट्छिन  एक भारी, तीजको दिन पनि

    10.
    कस्ले कसलाइ मार्छ कतिका, लागि
    उस्ले बा मारेको छ सम्पतिका, लागि
    हेरौ उसको छोरोले उसलाई के गर्छ
    भन्दै थियो यो धन सन्ततिका, लागि

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु