बुटवल – गित संगित पैले देखि नै गाउघरमा रोधि बस्ने प्रचलन थियो आज आएर पछिल्लो समयमा गित संगित सहर बजार देश बिदेशमा हाम्रो लोक दोहोरी गुन्जिरहेका छन । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।

कोरोनाले सबैलाई अस्तब्यस्त बनाएको छ र परदेशमा रहने नेपालीलाई त्यसको असर पारेको छ । परदेशीको बास्तबिक कथा ब्यथालाई समेटेर सुपा देउराली म्युजिक प्रा.ली. को प्रस्तुतिमा बिराज पाण्डेको शब्द श्रृर्जनामा तयार भएको नयाँ गित “नमाने पिर” सार्बजनिक भएको छ । यमन खनालको आवाजमा सजिएको उक्त गित यमन खनालको लय एरेन्ज तथा निर्देशकमा तयार भएको गितमा यमन खनाल र रितु तामाङ्गको अभिनय रहेको छ । मरुभुमि नारायणको छायाँकन रहेको उक्त गित रोशन धितालको सम्पादन रहेको छ ।