दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फिल्म सुटिङमा सुरक्षा सावधानी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ कार्तिक ५ गते, बुधबार १२:२२

काठमाडौं-निर्माता सुनिल कुमार थापाले करिब ७ महिनापछि रोकिएको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन प्रारम्भ गरे । कतिपय चलचित्रकर्मीले अहिले नै छायांकन सुरु गर्न नहुने बताइरहेका छन् भने कतिपयले रोकिएको काम सुरु गर्ने भन्दै अगाडि बढेका छन् । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढेको छ । सरकारले विभिन्न क्षेत्रलाई संचालनको अनुमती दिएपनि चलचित्रको बारेमा कुनै निर्णय गरेको छैन । ७ महिनादेखि सम्पूर्ण हलहरु बन्द छन् ।

तर, सरकारले अनुमती नदिएपनि चलचित्रकर्मीहरुले भने आफै सुरक्षाको विधी अपनाएर छायांकन सुरु गरेका छन् । निर्माता सुनिल कुमार थापाले चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सावधानी अपनाएर भैरहेको जानकारी दिए ।

चलचित्रको सेटमा नायक अनमोल केसी, गायक दुर्गेस थापा, नायिका सुहाना थापा, अर्का नायक सलोन बस्नेत लगायत छन् । यस्तै, छायांकन सेटमा प्रवेश गर्दा सम्पूर्ण मानिसहरुको ज्वरो नापिएको छ । कलाकारदेखि प्राविधिकले सर्तकताका साथ काम गरिरहेका छन् । फुलपातिसम्म छायांकन गरेर पूर्णिमापछि फेरि काम सुरु गर्ने तयारी यो चलचित्रको निर्माणपक्षको छ । झरना थापा निर्देशित चलचित्रको प्रदर्शन मिति यही बर्षको दशैंलाई तोकिएको थियो । तर, कोरोना कारण काम हुन नसकेपछि चलचित्र रिलिज हुन पाएन ।

चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सुरु भएको पनि ५ दिन भयो । रेनशा वान्तवा राइको निर्देशनमा तयार भैरहेको चलचित्रको छायांकनका लागि पनि प्राविधिकदेखि कलाकारले सुरक्षा सावधानी अपनाएको देखिन्छ ।

यो चलचित्रको छायांकन पनि फूलपातीसम्म हुनेछ । यसपछि फेरि पूर्णिमापछि चलचित्रको छायांकन सुरु हुने निर्माता प्रज्ज्वल शमशेर जबराले जानकारी दिए । छायांकन अवधीभर चलचित्रको टिम एकै ठाउँमा रहनेछ ।

केही चलचित्रका निर्माताले भने दशैंपछि छायांकनको तयारी थालेका छन् । सरकारले चलचित्र छायांकन र प्रदर्शनका लागि कहिलेबाट अुनमती दिन्छ टुंगो छैन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु