• ‘परदेशीको कर्म’ म्युजिक भिडियो सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार ०९:३४

    गीतकार नवराज घिमिरे र फोटो पत्रकार प्रदिप वन्तको ‘परदेशीको कर्म ’ म्युजिक भिडियो सार्वजनिक भएको छ । चलचित्र निर्देशक आकाश अधिकारी, कर्पोरेट सेफ कुमार चालिसे लगायतले संयुक्त रुपमा गरेका हुन् । यो म्युजिक भिडियो वैदेशिक रोजगारीको विषयमा बनेको छ । वैदेशिक रोजगारीको कारण नेपाली जनजीवनमा परेको असहज घटनाहरुलाई म्युजिक भिडियो मर्फत देखायएको छ । विदेशिएपछि पाउने दुःख र कष्टलाई यसले मार्मिक ढंगमा उँधिनेको छ । त्यसो त खाडी मुलुकमा मात्र होइन, अदक्ष नेपाली कामदारले जहाँ पनि दुःख पाउने, उचित पारिश्रमिक नपाउने अवस्था छ । यही कुरालाई म्युजिक भिडियोमा देखाइएको छ ।

    नवराज घिमिरले लेखेको गीतलाई विनोद दनुवारले संगीतबद्ध गरेका हुन् । भिडियोमा प्रदिप वन्त र सोनम केसीले अभिनय गरेका छन् । नविन गुरुङले निर्देशन गरेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु