पत्रकार महासंघका १२ एसोसिएट संस्थापक अध्यक्षहरू सम्मानितअग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउसलाई "नेपाल्स नम्बर वान ब्युटी सैलुन "अवार्ड प्रदानतिमी जुन हौ भने` बोलको गित सार्वजनिकललितपुर महानगरपालिकको प्रांङ्गणमा महिला हस्तकला मेला सुरुपाँचौ जिल्लास्तरीय शिन क्योकुशिन कराँते प्रतियोगिता- २०७७ भब्य रूपमा सम्पन्न( खेलाडीहरुको नामावली सहित)अन्तर्राष्ट्रिय नारी दिवस अवसरमा राष्ट्रिय नागरिक बिकास समाज द्वारा भब्य कार्यक्रम सम्पन्नआज प्रतिनिधिसभाको बैठक बस्नेआजदेखि नेपालमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदैसुन न सरकार!!बालुवाटार र ग्रेट हिमालयको विजयी सुरुवात

गायिका कमला अधिकारीको ‘मुना’ सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १८ माघ २०७७, आईतवार १२:३३

बुटवल – गायिका कमला अधिकारीको स्वरमा रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मुना’ बोलको समसामयिक सामाजिक यथार्थतामा आधारित गीत जोजस क्रियशन प्रा.लि.काे युट्युवमार्फत शनिबार सार्वजनिक भएको हो । गीतमा कमला अधिकारीकै शब्द तथा लय छ ।

गणेश अधिकारी, पुष्पा न्यौपाने र अंशु खनालद्वारा अभिनित म्युजिक भिडियोमा स्वामी ध्यान गगनको कथा तथा परिकल्पनालाई विष्णु भट्टराईले निर्देशन गरेका छन ।

दुर्गम गाउँमा हुर्किएकी चेली, विदेशिन बाध्य उनका पिता र अभावै अभावको एक्लो जीवनमा खेप्नुपरेको उनको आमाको पीडासहितको जीवन वृत्तान्तलाई म्युजिक भिडियो मार्फत रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।

शिक्षण पेशामा आवद्ध कमला अधिकारी गायन सँगै लेखन कार्यमा पनि सक्रिय छन् । उनको यस गीति कथामा आधारित पुस्तक मुना पनि छिट्टै बजारमा आउँदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु