
By-SHYAM SMRIT
विलकुलै फरकधारको पहिलो प्रयोगवादी नेपाली थ्रिलर मुबी भएको कारण त्यो बेलाको राजेश हमाल मार्काको परम्परागत धारमा चल्न सकेन। देवकुमार श्रेष्ठको निर्देशन तथा दिया मास्के, अनुप बराल, कर्मा शाक्य, विनय श्रेष्ठ जस्ता खारिएका रंगमंचका एक से एक हस्ती कलाकारहरुको मजबुत अभिनय रहेको चलचित्र “एक दिन एक रात” हो। यो चलचित्र काठमाडौंको जय नेपाल हल तथा कुमारी हलमा लगातार तीन हप्ता चलेको चलचित्र भएतापनि नाफाको हिसाव कितावमा घाटा खाएको चलचित्र हो।
यही चलचित्रका निर्माता वडा सरकार प्रमुख निर्मलरत्न शाक्यले त्यो बेला ६० लाख लगानी गरेका थिए। नाफा त परैजाओस् साँवा पनि नउठेको चलचित्र भएकै कारण घाटा खाएर चर्चित भएको निर्माता हुँ भनेर हाँसी हाँसी भन्न चुकेनन्। पैसा कमाउन नसकेपनि नाम, इज्जत तथा प्रतिष्ठा कमाउन सफल चलचित्र एक दिन एक रातका निर्माता शाक्य वडा सरकार प्रमुखमा भने सफल छन्। ललितपुर महानगरपालिका वडा नंबर १६ को वडा सरकार प्रमुखमा दोश्रो इनिङमा भारी मतले जितेका शाक्य वडावासीका सुख–दुःखका साथी हुन्। सवैका प्रिय जनसरकार प्रमुख वडा अध्यक्ष शाक्य कमलो मनका गीतकार पनि हुन्।
भावुक मनका गीतकार शाक्यले १ सयभन्दा बढी नेपालभाषा तथा नेपालीमा लेखेका गीतहरु हिट लिष्टमा पनि छन्। कसैको दुःख देख्न नसक्ने गीतकार शाक्य उनीहरुको दुःखमा गहभरि आँशु पारेर रोइदिने गीतकारका रुपमा पनि चिनिने गरेको छ।


