काँडेतार राष्ट्रवादी चलचित्र प्रदर्शनमा कमाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन १३ गते, शनिबार १०:४६

काठमाडौं । राष्ट्रवादी नायक नवल खड्काले एक पछि अर्को राष्ट्रवादी चलचित्र निर्माण गरेका छन्। यसक्रममा देशको सिमानामा काँडेतार लगाउनु पर्ने जल्दोबल्दो मूल विषयमा राष्ट्रवादी चलचित्र काँडेतार निर्माण गरेका हुन्।

यस चलचित्र काँडेतारको सार्वजनिक प्रदर्शन आगामी फागुन २५ गतेलाई तय गरेपनि यतिखेर देशभर प्रमोशनल च्यारिटी–शो गर्ने कार्य व्यापक रुपमा भैरहेको छ। राष्ट्रवादी निर्माता तथा गायिका सत्यकला राईका अनुसार, असार महिनावाट देशभरका २५ स्थानामा प्रमोशनल च्यारिटी–शो भएको छ। केही दिनअघि सुनसरीको झुम्का स्थित म्याजिक सिनेमा हल र मोरङको विराटचोकमा भव्य रुपमा च्यारिटी–शो भएको छ।

film-kandetar-51696048847.jpg

जसमा स्थानीय निकायका पदाधिकारी तथा बौद्धिकबर्ग लगायत सर्वसाधारणको व्यापक सहभागिता रहेको जानकारी पनि गायिका राईले दिएकी छन्। काँडेतार अभियानका संयोजक तथा चलचित्र काँडेतारका निर्माता निर्देशक एवम् नायक नवल खड्काले नेपाल–भारतबीचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनु पर्ने प्रस्ताव सहित चलचित्र निर्माण गरिएको बताएका छन्। जसमा आफूलाई देशवासीको अपार साथ र समर्थन अनि सहयोग रहेको पनि खड्काले बताए।

film-kandetar-31696048848.jpg

film-kandetar-41696048846.jpg

film-kandetar-21696048844.jpg

राष्ट्रवादी गायिका सत्यकला राई कार्यकारी निर्माता रहेको चलचित्र काँडेतारमा नायक नवल खड्का लगायत कलाकारहरुमा गौरव पहारी, सुरबिना कार्की, रेविका गुरुङ प्रशान्त यादब, मुरलिधर, प्रेम सुब्बा,रोमियन लिम्बू लगायतको मुख्य भूमिका रहेको छ। राष्ट्रवादी नायक खड्काले यसअघि माया बसेछ, क्रान्ति, आवाज, दशगजा र भीमदत्त जस्ता देशभक्तिपूर्ण चलचित्र  निर्माण गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु