काठमाडौं। बिबाहित महिलाहरुबीचको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता Mrs.Nepal World 2023 को टप २३ प्रतिष्पर्धी सार्वजनिक गरिएको छ। प्रतियोगिताको आयोजक संस्था रिवन इन्टरटेनमेन्टद्धारा राजधानीको नयाँ वानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा आयोजित एक समारोहका बिच Mrs.Nepal World 2023 टप २३ सार्वजनिक गरिएको हो।
समारोहमा उत्कृष्ट २३ लाई कन्टेस्टेन्ट ट्याग नम्बरसमेत प्रदान गरिएको छ। प्रतियोगिताको अन्तिम स्पर्धामा आइना गजुरेल, देवी थापा गुरुङ, पृथ्वीया थापा, मिना भट्टराई, आयुष्मा राई, रेखा विष्ट, ज्ञानेश्वरी श्रेष्ठ, सिर्जना केसी, पविना श्रेष्ठ, सीता सुबेदी, सुस्मिता सिंह, निशा बिष्ट, कृतिका पालिखे, कोमल लामा, रेखा सिंह रायमाझी, निर्मला गुरुङ, उत्सुक्ता नकर्मी, जेनी खड्का, सलोनी श्रेष्ठ, पुनम श्रेष्ठ, टेक कुमारी घले, मंगली सिलवाल र सरु आर एल राणा सहभागी छन् ।
प्रतिष्पर्धीहरुले बिभिन्न चरणहरु पार गर्दै आगामी कात्तिक २ गते राजधानीमा सम्पन्न हुने प्रतियोगिताको अन्तिम स्पर्धामा ताजका लागि प्रतिष्पर्धा गर्नेछन्। उत्कृष्ट २३ प्रतिष्पर्धी अब ब्यक्तित्व विकास सम्बन्धि प्रशिक्षणमा ब्यस्त रहने छन्। अन्तिम प्रतिस्पर्धामा कोरियोग्राफर अश्विनीकान्त झाले कोरियोग्राफी गर्नेछन्।
अन्तिम प्रतिस्पर्धाको समारोहमा Mrs.Nepal World 2023 का अन्य सवटाइटल बिजेताको पनि घोषणा गरिने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराए। Mrs.Nepal World 2023 का बिजेताले आगामी डिसेम्बरमा अमेरिकामा हुने मिसेस वल्र्ड–२०२३ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवासर प्राप्त गर्नेछिन्। मिसेस नेपाल वल्र्ड–२०२३Mrs.Nepal World 2023 को बिजेताले भने आगामी डिसेम्बरमा अमेरिकामा हुने मिसेस वल्र्ड–२०२३ मा नेपालको तर्फबाट सहभागिता जनाउने अवासर प्राप्त गर्नेछिन्।