आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

सीताराम पोखरेलको जन्मदिनमा विद्यार्थीलाई सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० आश्विन १७ गते, बुधबार २०:५७

काठमाडौं। नेपाली आधुनिक संगीतका प्रतिष्ठित गायक तथा नेपाली म्युजिक भिडियोका बादशाह सीताराम पोखरेलले प्रत्येक बर्ष जन्म दिनका अवसरमा सामाजिक कार्य गर्दैआएका छन्। प्रत्येक बर्षको अक्टोबर ४ का दिन जन्म दिन मनाउदैआएका बादशाह पोखरेलले यो बर्ष पनि सामाजिक कार्य गरेका हुन्।

अघिल्ला बर्षहरुमा विभिन्न बालआश्रम तथा बृद्धाश्रमहरुमा पुगेर त्यहाँ रहेका असहाय–अनाथहरुलाई विभिन्न सहयोग गर्दैआएका पोखरेलले यो बर्ष गर्भे तुहुरा जेहेन्दार विद्यार्थी जुना गौतमको कक्षा ११ र १२ मा अध्ययन गर्न सक्दो सहयोग गरेका छन्। काठमाडौंको चावहिल सरस्वतीनगर स्थित रिलायन्स कलेजमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी गौतमको दैनिय अवस्थालाई मध्यनजर गरेर उनको अध्ययनमा केही सहयोग मिलोस् भनेर आफ्नो अक्टोबर ४ का दिन नै कलेज पुगेर सहयोग गरेको जानकारी गायक पोखरेल वताउंछन्।

Sita Ram Pokhrel News 21696431598.jpg

युगिन अभिनेता तथा शिक्षासेवी राजकुमार शाहको संयोजकत्वमा भएको कार्यक्रममा गायक पोखरेलले रिलायन्स कलेजमा नै त्यहाँ रहेका विद्यार्थी तथा प्राचार्यहरुको उपस्थितिमा जन्मदिन मनाएका छन्। विगत ३३ बर्षदेखि अनवरत गीत गाएर बेग्लै आयाम कायम गर्दैआएका गायक पोखरेलको यस अवधिमा ३२ वटा म्युजिक भिडियो निर्माण भैसकेको छ। सातवटा गीति एल्बम नै बजारमा आइसकेको छ।

नेपाल आयल निगमका पूर्व निर्देशक समेत रहेका पोखरेल हाल रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपाल संचालक समितिका सदस्य समेत रहेका पोखरेलले आफ्ना भिडियोहरुमा प्रथम मिस नेपाल रुबि राणा देखि हालका चर्चित नायिकाहरुसम्मलाई अभिनय गराएर बेग्लै रेकर्ड राखेका छन्।

फरक गीतका भिडियोमा फरक कथावस्तुमा बेग्लै तबरवाट आफैले अभिनय गरेर कीर्तिमान कायम गरेका गायक सोही भिडियोहरुका कारण नेपाली म्युजिक भिडियोका बादशाह नै बन्न सफल भएका छन्। जुन गायक पोखरेलको गौरब तथा शान हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु