गीतकार रविन पियाव्दारा रचित आयो दशैं आयो तिहार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक ४ गते, शनिबार २१:२२

काठमाडौं। नेपालीहरुको महान पर्व बडादशैं तथा तिहारलाई लक्षित गरेर आयो दशैं आयो तिहार बोलको गीत सार्वजनिक भएको छ।

नेपाली आधुनिक संगीतमा एक पछि अर्को गीत लेखेर आयामिक रेकर्ड कायम गर्दैआएका गीतकार रविन पियाव्दारा रचित आयो दशैं आयो तिहार बोलको गीत सार्वजनिक भएको हो।

सुरेन्द्र मुखियाको स्वर तथा संगीतमा म्युजिक नेपालले सार्वजनिक गरेको गीतले दशैं तथा तिहारको रौनकता एवम् यसको महत्वलाई दर्शाएर गीतकार रविन पियाले गीत लेखेका हुन्।

हतारमा गीत मात्र तयार भएर सार्वजनिक भएको बताउंदै गीतकार पियाले सवैलाई महान पर्व दशैं तथा तिहारको शुभकामना व्यक्त गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु