तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मिसेस नेवाः वर्ल्ड–२०२३ हरिसिद्धिमा हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक १० गते, शुक्रबार २१:०२

ललितपुर। काराओके इन्टरटेनमेन्टको आयोजनामा पहिलो पल्ट ‘मिसेस नेवाः वर्ल्ड–२०२३’आयोजना हुदैछ। काराओके इन्टरटेनमेन्टका अध्यक्ष तथा महाप्रवन्धक खगेश रञ्जितकारका अनुसार, ‘मिसेस नेवाः वर्ल्ड–२०२३’का प्रतियोगीहरु हाल प्रशिक्षणमा छन्।  ‘मिसेस नेवाः वर्ल्ड–२०२३’का प्रतिस्पर्धीबीच यही कात्तिक २१ गते ‘ट्यालेन्ट शो’ हुँदैछ। जसमा उनीहरुले आफ्ना कला र प्रतिभा देखाउने भएको हो ।

उक्त ट्यालेन्ट शो ललितपुरको हरिसिद्धिस्थित ‘हरिसिद्धि नेवाः सुलि रेष्टुरेण्ट’मा हुने भएको छ। नेवाः खाना तथा खाजाका प्रणेता दिनेश महर्जनले अन्तरराष्ट्रिय स्तरको सेवा तथा सुुविधा सहित संचालन गर्दैआएको  ‘हरिसिद्धि नेवाः सुलि रेष्टुरेण्ट’मा  ‘मिसेस नेवाः वर्ल्ड–२०२३’का प्रतियोगीहरुको ‘ट्यालेन्ट शो’ हुन गैरहेको हो। यस ट्यालेन्ट शोमा  ‘हरिसिद्धि नेवाः सुलि रेष्टुरेण्ट’सह–आयोजक भएर कार्य गर्न पाउंदा अत्यन्त खुशी लागेको जानकारी संचालक दिनेश महर्जनले वताएका छन्।Khagesh News 71698395941.jpgमहर्जनले  ‘हरिसिद्धि नेवाः सुलि रेष्टुरेण्ट’लाई विश्वभर नेवाः खाजा तथा खानाको लागि हबको रुपमा विकास गर्न  आफूले विश्वभर प्रमोसन गर्ने कार्य गरिरहेको पनि बताए। लामो समयदेखि होटल लाइनमा आवद्ध रहेका महर्जनले आफू जन्मेको तथा हुर्केको प्राचिन नगरी हरिसिद्धिमा नेवाः खाजा तथा खानाको अन्तरराष्ट्रिय हब बनाउने सोच अनुरुप ‘हरिसिद्धि नेवाः सुलि रेष्टुरेण्ट’ संचालनमा ल्याएको खुलासा गरेका छन्। महजर्नले आफ्नो रेष्टुरेन्टमा हुन गैरहेको  ‘मिसेस नेवाः वर्ल्ड–२०२३’को ट्यालेन्ट शोका अलावा पूर्वकुमारी एवं ‘मिस नेशनल समिता बज्रचार्य र सितामैया राजचलको सरोद बादन तथा सितारबादन समेत हुने वताएका छन्। 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु