आज मंसिर १३ गते बुधबार यस्तो छ तपाईंको राशिफलकाभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको जिल्ला अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्नस्वर्णिम क्वाटरफाइनलमाएनआरएनएको अनलाइन निर्वाचनमा गम्भीर ७ त्रुटि, कारबाहीको माग गर्दै अध्यक्ष शर्माद्वारा पत्रकार सम्मेलनगायक दिपक भुजेलको 'तिमी आईदेउ' सार्वजनिक ( भिडियो )यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दरराजेन्द्र कुमार कार्कीको 'बुट्टा भरेर' बोलको नयाँ गित सार्वजनिकगायक तथा मोडल मुन थकालीको 'कदम कदम' बोलको नयाँ गित सार्वजनिकप्रमोद खरेलको अर्कैको सिन्दूर लायौ’ बोलको नयाँ गीत सार्वजनिकसर्ट फिल्म 'उडान' को टिजर सार्वजनिक

संसार अनलाइन टेलिभिजनवाट रोयल्टी वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक २६ गते, आईतवार ०८:३८

ललितपुर । आँट, धैर्य र साहसको प्रतिक अनि चुप लागेर बस्नै नसक्ने बहुमुखी प्रतिभाका धनी स्वतन्त्र संसार महर्जनले महान पर्व तिहारको उपलक्ष्यमा रोयल्टी वितरण गरेका छन्। महान पर्व तिहारको अवसरमा संसार अनलाइन टेलिभिजनवाट प्रसारण भएका म्युजिक भिडियोहरुलाई हरेक बर्षको तिहारको अवसरमा प्रदान गरिदैआएको रोयल्टी वितरण गर्ने कार्य महर्जनवाट भएको हो।

थोरबहुत जे जति रकम ती म्युजिक भिडियो प्रसारणवाट आर्जित रकममा केही प्रतिशत थप गरेर संसार अनलाइन टेलिभिजनले यो बर्ष पनि वितरण गरेको जानकारी संसार अनलाइन टेलिभिजनका अध्यक्ष तथा महाप्रवन्धक महर्जनले दिएका छन्। महर्जनका अनुसार, यो बर्ष संसार अनलाइन टेलिजिभनवाट रोयल्टी पाउनेहरुमा रविन्द्र वीर शाक्य, सानो पाईला, लुँझ्याः कला कुन्ज, सुरेन्द्र श्रेष्ठ,  धापाखेल ज्ञानमाला भजन म्ये हालामी पुचः, सज्जु मानन्धर र ज्ञान रत्न महर्जन रहेका छन्।

Swatantra News 11699756977.jpg

सवैलाई प्रमुख अतिथि ललितपुर महानगरपालिका वडा नंबर २१ का वडा सरकार प्रमुख रविन्द्र महर्जनले रोयल्टी हस्तान्तरण गरेका थिए । कार्यक्रममा अग्रज गायक रत्न बेहोशी, प्रथम नेपालभाषा नायक जय श्रेष्ठ, प्रथम नेपालभाषा चलचित्र पत्रकार विजयरत्न तुलाधर, नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशी लगायतको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा महान पर्व तिहार, नेपाल संवत नयाँ बर्ष ११४४ तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान पनि भएको थियो।

Swatantra News 31699756979.jpg

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु