डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोहअपर अरुणको काम चाँडो सुरु हुन्छ : उर्जामन्त्री खड्कादायित्व वोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशनआज भाद्र २५ गते मंगलबार कस्तो छ तपाईंको दिन ? हेर्नुस् राशिफलनेपालमा रॉयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभवरिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानितसर्वोत्कृष्ट तिजगीत गायकको अवार्ड बिजेता मोतिराज खनालसंखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने : उर्जामन्त्री खड्काअध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचितनेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

मुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्यको गायनमा माया नै माया

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते, शुक्रबार १८:५१

काठमाडौं । मुटुरोग विशेषज्ञ डाक्टर स्मृति शाक्यको गायन रहेको विलकुलै नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। शुक्रवार डाक्टर शाक्यको गायन रहेका “मैले माया लाएको धोका दिन होइन” बोलको नयाँ गीत सार्वजनिक भएको हो।

बागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद समेत रहेका बौद्धिक राजनीतिज्ञ डाक्टर अजयक्रान्ति शाक्यको शव्द रचना तथा संगीत रहेको उक्त गीतको भिडियोमा युवा पुस्ताका ढुकढुकी नै बनेका नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठको बुलन्द अभिनय रहेको छ। साथमा गायिका डाक्टर शाक्यको समेत मनछुने गायनको साथमा अभिनय छ । निर्देशन नेपाली चलचित्र उद्योगका युगिन निर्देशक देवकुमार श्रेष्ठले गरेका हुन् ।

डाक्टर स्मृति शाक्यको सानैदेखिको रहरको विषय भनेको गायन हो । लामो समय डाक्टरी अध्यन तथा प्राक्टिसमा व्यतित भएको कारण सानैदेखिएको रहर र चाहनाको विषयमा समय दिन नसकेकी डाक्टर शाक्यको गायनमा भने हालै तीनवटा गीत रेकर्ड भएको छ।

त्यस मध्येको गीत “मैले माया लाएको धोका दिन होइन, मैले प्रीति गाँसेको दुःख दिन होइन” बोलको मनछुने गीतको म्युजिक भिडियोको निर्माण भएर सार्वजनिक भएको हो। मुटुरोग विशेषज्ञ डाक्टर शाक्य आफै पनि फिचरिङ भएको गीतको भिडियोमा अभिनय गर्न पाउंदा व्यापक कौतुहलता र उत्सुकता लागेको डा. शाक्यले बताईन । यस्तै विशेषज्ञ डाक्टरले गाएको एउटा मन्त्रमुग्ध गीत संगीतमा अभिनय गर्दा आफू पनि खशी भएको र उहाँहरुको टीमसँग काम गर्न पाउँदा गौरबता लागेको नायक आकाश श्रेष्ठले बताएका छन्।

नायिका करुणा श्रेष्ठले भने, गायिका डाक्टर शाक्यको गीतवाटै ज्यादै आकर्षित भएको अनि संगै अभिनय गर्न पाउंदा डाक्टर शाक्यको शालिनतावाट प्रभावित बनेकी बताइन्। निर्देशक देव कुमार श्रेष्ठको भनाईमा डाक्टर शाक्य डाक्टरी पेशामा जसरी अग्रपंक्तीमा रहेकी छन्, त्यसरी नै गायन तथा अभिनयमा पनि अग्रता छ।

रुचिको विषय गर्न आफूलाई कुनै समय नै नचाहिने र फुर्सद हुनासाथ गरिहाल्ने भएको कारण धेरै समय पश्चात तीनवटा गीत गाएर प्रकाशमा ल्याउंदा हजारौ हजारको तारिफ आउँदा अझ प्रेरणा मिलेको पनि डाक्टर शाक्यले खुशी प्रकट गरेकी छन्। पहिलो गीतको कभर सङ मात्र बनाएर हिट भैसकेका अवस्थामा दोस्रो गीत फिल्मी स्टाइलमा नायक–नायिकाका साथमा आफैले गाएर अभिनय गर्न पाउंदा ज्यादै रमाइलो भएको भनेकी छन्। डाक्टर शाक्यले नायक आकाश श्रेष्ठ र नायिका करुणा श्रेष्ठको अभिनयले पनि आफू प्रभावित भएको बताईन् ।

यस अघि अरुणा लामा र रुद्रमणिको गायन तथा अम्बर गुरुङको संगीत रहेको कालजयी गीत “ए–कान्छा मलाई सुनको तारा खसाइ देऊन” बोलको गीत संगीतज्ञ हरिशरण सायमीसंग कभर सङ गाएर छोटो समयमा चर्चाको शिखरमा डाक्टर शाक्य पुगिसकेकी छन्।

त्यस्तै,
केही मिठा कुरा गरौन,
दुई कदम संगै हिंडौन,
जिन्दगीको के भरोसा,
माया माया तिमी नै माया

डाक्टर अजयक्रान्ति शाक्यको शव्द तथा संगीत रहेको डाक्टर शाक्यको स्वर रहेको बोलको गीत छायाँकनको क्रममा रहेको डाक्टर शाक्यले बताइन । डाक्टर शाक्यको गीतको छायाँकन अति नै उत्कृष्ट रहेको जसमा फीचर फिल्मी शैलीमै सबै उपकरण तथा प्रविधिहरु प्रयोग गरेर छायाँकन गरिएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु