दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै धादिङका बाबुकृष्ण सापकोटा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८३ आश्विन १७ गते, शनिबार ८:४६

 काठमाडौं, असोज १७ । नेपाली कांग्रेस धादिङका नेता बाबुकृष्ण सापकोटा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । सापकोटा धादिङ कांग्रेसका निवर्तमान कोषाध्यक्ष पनि हुन् । राजनीतिसँगै समाजसेवा गर्दै आएका उनी कांग्रेसको १४ औं महाधिवेशनमा गगन–शेखर समूहबाट केन्द्रीय सदस्यको प्रत्यासीसमेत रहेका थिए । गत पौषमा भएको पार्टीको विशेष महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए ।

त्यतिबेला सर्वसम्मत नेतृत्व चयन भएको थियो । उनी अपांगता भएको समूहबाट उम्मेदवार भएका थिए । सापकोटाले कांग्रेसको यो महाधिवेशनले पार्टीमा मात्रै नभएर युवाहरुमा पनि एक किसिमको बेग्लै तरंग ल्याउने बताएका छन् । ‘यो महाधिवेशनलाई निकै अर्थपर्ण रुपमा हेरिएको छ किनभनें अबको नयाँ कांग्रेसले रुपान्तरणको एजेण्डा बोक्ने छ’ उनले भने । उनी राजनीतिलाई समाजसेवाको रुपमा लिन्छन् ।

व्यवसायसमेत गर्दै आएका उनी भन्छन् ‘राजनीतिलाई हामीले सही ढंगले बुझ्नुपर्छ ।’ उनी यसअघि धादिङ कांग्रेसको कोषाध्यक्ष हुँदा गठन गरिएको जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय सन्जालको सह–संयोजकसमेत रहेका थिए । यो भूमिकामा हुँदा देशैभर संगठन र कार्यक्रम गरेर आफ्नो राम्रो पकड जमाएका कारण पनि उनी सबैमा परिचित छन् । कांग्रेसको यो महाधिवेशनमा पनि उनी अपांगता समूहबाट केन्द्रीय सदस्यको उम्मेदवारी दिने तयारीमा छन् । कांग्रेसको महाधिवेशन आइतबारदेखि काठमाडौंमा हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु