साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

सिन्धुलीमै खुल्यो राष्टीयस्तरको फिल्मी स्टूडियो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर २९ गते, शुक्रबार ०४:५५

अभी लामिछाने, गीत संगीत बनाउने गाउँने तथा म्यूजिक भिडियोहरु बनाउने भन्ने बित्तिकै विशेष रुपमा काठमाण्डौं नै जाने प्रचलन बढिरहेको बेलामा अब नेपाको मध्य विन्दुको शहर मानिने पर्यटकीय शहरको रुपमा विकसित हुँदै गरेको जुनारको जिल्ला भनेर चिनिने सिन्धुलीमा नै अब राष्ट्रिय स्तरको फिल्म स्टुडियो खुलेको छ । विशेष उद्घाटन भएको तारा सितारा प्रोडक्सन नामले निर्माण भएको स्टुडियोका निर्देशक कृष्ण पौडेल हुनुहुन्छ ।

विगत एक दशकदेखि नेपाली चलचित्रमा विभिन्न रुपले काम गर्नुभएका कृष्ण पौडेलले आफ्नै लेखन तथा निर्देशनमा नेपाली कथानक चलचित्र धून निर्माण गर्नुभएको हो । अब पूर्वका धेरै शहरका जस्तै सिन्धुली, रामेछाप, ओखलढुंगा, उदायपुर, धनुषा, महोत्तरी, सर्लाहीका गीत संगीतका तथा नृत्य तथा अभिनय गर्न सक्ने प्रतिभाहरुले काठमाण्डौ धाइरहनुपर्ने बाध्यता नरहेको र गीत संगीत तथा अभिनय तथा नृत्य सम्बन्धी प्रशिक्षणका साथै गीत रेकर्डिङ् तथा भिडियो निर्माण एवं फिल्म निर्माण सम्मको काम सिन्धुलीबाटै हुने कुरा तारा सितारा प्रोडक्सनका निर्देशक कृष्ण पौडेलले जानकारी दिनुभयो ।

विभिन्न कलाकार, पत्रकार, समाजसेवीहरुको उपस्थितिमा भएको उद्घाटन समारोहमा समुपस्थित व्यक्तिहरुले अब सिन्धुली जिल्ला र आसपासका जिल्लाहरुको सम्पूर्ण प्रतिभावान् व्यक्तिहरुले काठमाण्डौ धाउनु नपर्ने सम्पूर्ण काम सिन्धुलीबाटै हुने हुनाले खुशी व्यक्त गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु