तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

वडा सरकार प्रमुख-घाटा खाएर चर्चित भएका निर्माता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख २४ गते, आईतवार २१:४६

By-SHYAM SMRIT

ललितपुर। ललितपुर महानगरपालिका वडा नंबर १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्य वडा सरकार प्रमुख मात्र नभइकन चलचित्र निर्माता पनि हुन्। वडा सरकार प्रमुख शाक्यले निर्माण गरेको चलचित्रको नाम नै “एक दिन एक रात” हो। आजभन्दा १२ बर्षअघि निर्माण भएको चलचित्र एक दिन एक रात त्यो बेला वडा सरकार प्रमुख शाक्यकै भाषामा भन्ने होभने, हावा खाएको चलचित्र हो।

विलकुलै फरकधारको पहिलो प्रयोगवादी नेपाली थ्रिलर मुबी भएको कारण त्यो बेलाको राजेश हमाल मार्काको परम्परागत धारमा चल्न सकेन। देवकुमार श्रेष्ठको निर्देशन तथा दिया मास्के, अनुप बराल, कर्मा शाक्य, विनय श्रेष्ठ जस्ता खारिएका रंगमंचका एक से एक हस्ती कलाकारहरुको मजबुत अभिनय रहेको चलचित्र “एक दिन एक रात” हो। यो चलचित्र काठमाडौंको जय नेपाल हल तथा कुमारी हलमा लगातार तीन हप्ता चलेको चलचित्र भएतापनि नाफाको हिसाव कितावमा घाटा खाएको चलचित्र हो।

यही चलचित्रका निर्माता वडा सरकार प्रमुख निर्मलरत्न शाक्यले त्यो बेला ६० लाख लगानी गरेका थिए। नाफा त परैजाओस् साँवा पनि नउठेको चलचित्र भएकै कारण घाटा खाएर चर्चित भएको निर्माता हुँ भनेर हाँसी हाँसी भन्न चुकेनन्। पैसा कमाउन नसकेपनि नाम, इज्जत तथा प्रतिष्ठा कमाउन सफल चलचित्र एक दिन एक रातका निर्माता शाक्य वडा सरकार प्रमुखमा भने सफल छन्। ललितपुर महानगरपालिका वडा नंबर १६ को वडा सरकार प्रमुखमा दोश्रो इनिङमा भारी मतले जितेका शाक्य वडावासीका सुख–दुःखका साथी हुन्। सवैका प्रिय जनसरकार प्रमुख वडा अध्यक्ष शाक्य कमलो मनका गीतकार पनि हुन्।

भावुक मनका गीतकार शाक्यले १ सयभन्दा बढी नेपालभाषा तथा नेपालीमा लेखेका गीतहरु हिट लिष्टमा पनि छन्। कसैको दुःख देख्न नसक्ने गीतकार शाक्य उनीहरुको दुःखमा गहभरि आँशु पारेर रोइदिने गीतकारका रुपमा पनि चिनिने गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु