दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सुरेन्द्र श्रेष्ठको देउता सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० भाद्र १३ गते, बुधबार ९:५४

काठमाडौ । स्वभाविक अभिनयका धनी नायक सु्रेन्द्र श्रेष्ठव्दारा अभिनित म्युजिक भिडियो तथा चलचित्र मैदानमा सामाजिक यथार्थ परक नेपाली म्युजिक भिडियो “आज मैले देउता खोजें….“ गीत विश्वव्यापी सार्वजनिक भएको छ। भाद्र १२ गते मंगलवारका दिन संसार्स अनलाइन टेलिभिजनवाट “आज मैले देउता खोजें….“ गीत विश्वव्यापी सार्वजनिक भएको हो।

भाद्र ९ गते शनिवार भगवान बुद्धको धार्मिक स्थल स्वयम्भु मन्दिर परिसरमा मार्मिक एकल बुद्ध भजन गीतको सुटिङ सम्पन्न गरेको थियो । उक्त नयाँ गीतमा प्राध्यापक श्रीमिला सुवालले गीत रचना तथा बरिष्ठ संगीतकार अनिल तुलाधरको संगीत रहेको छ। त्यस्तै, म्युजिक एरेन्ज तथा गायन गायक राजेन्द्र शाक्यको छ ।

Page No.8-Surendra Shrestha News 21693367596.jpgयुगिन लेखक तथा निर्देशक पवन जोशीको निर्देशनमा निर्माण भएको गीतको भिडियोमा  छांयाकार राजेश शाक्यको छायांकन, सम्पादन र कलरिङ रहेको छ। श्रृगार सुरक्षा श्रेष्ठले गरेकी थिइन्। आज मैले देउता खोजें… गीतमा दर्जनौ कलाकारहरुको जिवन्त अभिनय रहेको छ भने  स्वाभाविक अभिनयका धनी नायक सुरेन्द्र श्रेष्ठको नयाँ नौलो भुमिकामा जोडदार अभिनय छ।

Page No.8-Surendra Shrestha News 31693367623.jpg
नायक सुरेन्द्र श्रेष्ठको अभिनयमा हस्तेमा हांईसे गर्ने कलाकारहरुमा रुक्साना महर्जन, साक्षी सुवाल, प्रशान्त कुमार शाह, गौतम सिद्धि बज्राचार्य , श्रीमिला सुवाल, जयलक्ष्मी सिद्धि बज्राचार्य, पुर्ण महर्जन, अनिता शाक्य र रञ्जना जोशीको पनि अभिनय छ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु