महर्जनले ‘हरिसिद्धि नेवाः सुलि रेष्टुरेण्ट’लाई विश्वभर नेवाः खाजा तथा खानाको लागि हबको रुपमा विकास गर्न आफूले विश्वभर प्रमोसन गर्ने कार्य गरिरहेको पनि बताए। लामो समयदेखि होटल लाइनमा आवद्ध रहेका महर्जनले आफू जन्मेको तथा हुर्केको प्राचिन नगरी हरिसिद्धिमा नेवाः खाजा तथा खानाको अन्तरराष्ट्रिय हब बनाउने सोच अनुरुप ‘हरिसिद्धि नेवाः सुलि रेष्टुरेण्ट’ संचालनमा ल्याएको खुलासा गरेका छन्। महजर्नले आफ्नो रेष्टुरेन्टमा हुन गैरहेको ‘मिसेस नेवाः वर्ल्ड–२०२३’को ट्यालेन्ट शोका अलावा पूर्वकुमारी एवं ‘मिस नेशनल समिता बज्रचार्य र सितामैया राजचलको सरोद बादन तथा सितारबादन समेत हुने वताएका छन्।
२०८३ मंसिर ६ - आईतवार




