तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मिसेस टुरिजम एम्बेस्डर वर्ल्ड शिलास्मा हमालको शोज टपमा वाहवाही

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० कार्तिक १२ गते, आईतवार १३:४०

काठमाडौं। सन् २०२० मा मलेसियामा आयोजित मिसेस टुरिजम एम्बेस्डर वर्ल्ड बनेर नेपालको गौरब र शान बढाउन सफल नेपाली सेलिब्रेटी मिसेस टुरिजम शिलास्मा हमाल चुप लागेर बस्न सक्ने सेलिब्रेटी नै होइन । विरामीको बाबजुद पनि विभिन्न इभेन्ट प्रोग्रामहरुमा सक्दो सहभागिता जनाएर आफूले गर्नुपर्ने सामाजिक उत्तरदायित्व निर्वाह गर्दैआएकी छन्।

यसक्रममा बाँकेको नेपालगञ्जमा आयोजित मिस एण्ड मिस्टर मोडल अफ बाँके इभेन्ट प्रोग्राममा शोज टपर बनेर मिसेस टुरिजम शिलास्मा हमालले आफूभित्रको बेग्लै खुबी प्रस्तुत गरेर सवैको वाहवाही बटुलेकी छन्। ब्राइट इभेन्ट म्यानेजमेन्टको लागि शैलजा शाह र राजन बुढाथोकीको आयोजनामा भएको मिस एण्ड मिस्टर मोडल अफ बाँकेमा आधुनिक शैलीको लंग ड्रेसमा प्रस्तुत भएर आफूभित्रको अतुलनीय सुन्दरता सहितको भाव अभिनय प्रस्तुत गर्न हमाल सफल बनेकी थिइन्।

कार्यक्रममा भारत र अफगानिस्तानका टप मोडलहरुको सहभागिता रहेको थियो। नेपालगञ्जको सोल्टी होटलमा आयोजित उक्त कार्यक्रममा दिक्पाल कार्कीले होस्टिङ गरेका थिए। कोरियोग्राफी भने विवेक श्रेष्ठको रहेको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु