नेपाल-श्रीलंका चेम्बरको २०औँ साधारणसभा सम्पन्न, श्रेष्ठसहित विभिन्न व्यक्तित्व सम्मानित, नयाँ कार्यसमिति निर्वाचित⚡ग्लोबल नेपाल साइप्रसको पहिलो बैठक सम्पन्न, रौनक शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन⚡नेपालमै सिकाइँदै कोरियन ‘के–ब्युटी’ प्रविधि, ३० नोभेम्बरमा विशेष सेमिनार⚡मौसम पूर्वानुमान : अधिकांश भू-भागमा सफा, हिमाली क्षेत्रमा आंशिक बदली⚡तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने

exclusive

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि निर्वाचन हुँदै

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि निर्वाचन हुँदै छ । शुक्रबारबाट सुरु भएको महाधिवेशनमा सोमबार १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि निर्वाचन हुन लागेको…

नेपाली कांग्रेसको निर्वाचन समितिले जारी १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयनबाट मात्र ५८ लाख ९५ हजार रुपैयाँ आम्दानी

काठमाडौं, मंसिर २६। नेपाली कांग्रेसको निर्वाचन समितिले जारी १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयनबाट मात्र ५८ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ । १३४ केन्द्रीय कार्यसमितिका लागि भएको मनोनयन दर्ताबाट निर्वाचन समितिले यो शुल्क उठाएको हो…

नेपाली काँग्रेसको १४औं महाधिवेशन:सभापतिमा ६, उपसभापतिमा ७, महामन्त्रीमा ६ र सहमहामन्त्रीमा २० जनाले उम्मेदवारी दर्ता

काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता भएको छ । आज सभापतिमा ६, उपसभापतिमा ७, महामन्त्रीमा ६ र सहमहामन्त्रीमा २० जनाले उम्मेदवारी दर्ता गरेका हुन् । सभापतिमा…

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले पार्टीको १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले पार्टीको १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय सभागृहमा पुगेर निधिले आफ्नो उम्मेद्धवारी दर्ता गराएका हुन् । निधिले उम्मेद्धवारी दर्ता गराएसँगै कांग्रेसको नेतृत्वको लागि कडा…

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन

काठमाडौँ, २४ मङ्सिर: नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन गरेका छन् । काठमाडौँको भृकुटीमण्डप प्राङ्गणमा आयोजित भव्य समारोहका बीच उनले महाधिवेशनको उद्घाटन गरेका हुन् । समारोहको मुख्य मञ्चमा कांग्रेसका…

नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट शुरू

काठमाडौं, मंसिर २४। प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट शुरू भएको छ । ४ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने यो अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको…

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आजदेखि सुरु हुँदै

काठमाडौं, मंसिर २४। नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको छ ।…

डा.प्रकाश शरण काममा डेडिकेटेड व्यक्ति : प्रधानमन्त्री देउवा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन महाधिवेशन प्रतिनिधिहरुलाई प्रधानमन्त्री देउवाको अनुरोध

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु समक्ष कांग्रेसलाई पहिलो पार्टी बनाउन ध्येयले काममा लाग्न अनुरोध गर्नुभएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री डा.प्रकाशशरण महतद्धारा…

श्रमिक समुदाय मोर्चा, नेपाल’ को पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न, रामलाल बिश्वकर्माको नेतृत्वमा ६१ सदस्यीय केन्द्रीय समिति गठन, यस्ता छन् नीति र लक्ष्य

काठमाडौं, २० मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट श्रमिक संगठन ‘श्रमिक समुदाय मोर्चा नेपाल’ को पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । आज (सोमबार) पत्रकार सम्मेलन गर्दै मोर्चाले गत कात्तिक २७, २८…

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि

काठमाडौँ, २० मङ्सिर : नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । त्यसका बारे जानकारी दिन मन्त्रालयलले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। ६६ वर्षीय विदेशी नागरिक…