रसुवामा फराकिलो मतान्तरले प्रतिनिधिसभामा मोहन आचार्य विजयी
काठमाडौं । रसुवामा फराकिलो मतान्तरले प्रतिनिधिसभामा मोहन आचार्य विजयी भएका छन् । नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका आचार्यले प्रतिद्धन्द्धी नेकपा एमालेका छोवाङ तेन्जिन तामाङलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । प्राप्त मतपरिणाम…
काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलिले अग्रता
काठमाडौं । प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलिले अग्रता लिएका छन् । पराजुलिले ५ हजार ४६४ मत ल्याएर लिड गर्दा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का…
काठमाडौँ ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापाको जीत सुनिश्चित
काठमाडौँ , मंसिर ६ । काठमाडौँ ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापाको जीत सुनिश्चित भएको छ । थापाले १९ हजार १४ मत ल्याउँदा नेकपा एमालेका डा। राजन भट्टराईले १३ हजार २७ पछ्याइरहेका छन् ।…
काठमाडौं ९ बाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी
काठमाडौं, मंसिर ६ । आइतबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं ९ बाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ १० हजार २० मतसहित विजयी भएका हुन्। श्रेष्ठ २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।…
रसुवामा मोहन आचार्यले फराकिलो अग्रता
रसुवा । रसुवामा मोहन आचार्यले फराकिलो अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार १२ हजार ४ सय ७१ मत गणना गर्दा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका मोहन आचार्यले ७ हजार ७ सय ८६ मत…
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की ३८९६ मतसहित अग्रता
काठमाडौं, मंसिर ६ । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्की ३८९६ मतसहित अग्रता लिएकी छन्। उनलाई नेकपा एमालेका अमृत खड्काले २९५९ मतसहित पछ्याइरहेका छन्। यहाँ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी…
काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभामा प्रकाशमान सिंह विजयी
काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी हुनुभएको छ । प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा सिंहले बुबाको राजनीतिक विरासतलाई कायम…
काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी
काठमाडौँ- सङ्घीय राजधानी काठमाडौँ जिल्लाका १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मतगणना जारी छ । काठमाडौँका विभिन्न १० स्थानमा सोमबार विहानदेखि सुरु भएको मतगणना अधिकांश स्थानमा अहिले पनि जारी छ । सोमबार दिउँसोदेखि सुरु…
पाँच जिल्लाका विभिन्न मतदान केन्द्रबाट मतपेटिका ल्याउन हेलिकप्टर प्रयोग
काठमाडौ ।निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत पाँच जिल्लाको सडक यातायात सुविधा पहुँच नभएका स्थलबाट मतपेटिका तथा निर्वाचन सामग्री सम्बन्धित जिल्ला सदरमुकाम (मतगणनास्थल) ल्याउन नेपाली सेनाको…
प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार रहेका डडेल्धुरामा आज दिउँसो २ बजेदेखि मतगणना सुरु
काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार रहेका डडेल्धुरामा आज दिउँसो २ बजेदेखि मतगणना सुरु हुने भएको छ । अहिले सर्वदलिय बैठक बसिरहेको छ । बैठकसकिए लगत्तै मतगणना सुरु हुने जनाइएको छ । कांग्रेसका…